News Portal

कुवेतमा एमबि बमजन गोल्डकप अनिश्चितकालको लागि स्थगित

हिमालीसंचार संवाददाता
२९२ पटक

कुवेत सिटी। कुवेतमा २४ वर्षदेखी स्थापित कुवेतको सबैभन्दा पुरानो नेपाली संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव काठमाण्डौ-कुवेतले बर्षेनी रुपमा सञ्चालन गर्दै आएको एमबि बमजन मेमोरियल गोल्ड कप फुटवल टुर्नामेण्टलाई विविध प्राविधिक कारणहरुवश अनिश्चित कालसम्मको लागि स्थगित गरेको जनाएको छ।

क्लवले अन्तिम समयमा गोल्ड कप स्थगित हुँदा पर्न जाने असहजता र असुविधा प्रति सम्पूर्ण खेलाडी र खेलप्रेमी कुवेतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु समक्ष क्षमा याचना गर्दै, सोको बदला “माउण्ट एभरेष्ट कप” स्थापना गरि आफ्नो फुटवल आयोजनाको १९औं संस्करण तत्काल सम्पन्न गर्ने समेत जानकारी दिएको छ।

क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा गत शुक्रबार १७ फेब्रुअरी २०२३ का दिन कुवेतको फर्वानियास्ठित एभरेष्ट नेपाली रेस्टुरेन्टमा बसेको क्लवको मासिक बैठकले आगामी खेल १७ मार्च २०२३ शुक्रबारका दिन कुबेतको फाहाहिल सनैयास्थित सुकसवा फुटबल मैदानमा खेलाउने निर्णय गरेको हो।

क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी भई खेलको मनोरन्जन लिन अनुरोध गरेको छ भने, टिम दर्ता र टाईसिटको लागि आगामी १० मार्च २०२३ शुक्रबार महाबुल्लाको फुटबल मैदानमा बेलुकीसम्मको समय तोकेको छ। टिम दर्ता फि ‘इन्ट्री फि’ बारे चाँडै नै जानकारी दिने क्लवले बताएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...