News Portal

  • फाल्गुण ७ गते आइतबारको तपाईको राशीफल !

    हिमालीसंचार संवाददाता
    १५६ पटक

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

    सामाजिक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ। परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ। सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ। मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ। पारिवारिक झमेलाको सामना गर्नुपर्ने समय रहेकोछ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

    पारिवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ। कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला। परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ। नयाँ मित्र सगँको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

    शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला। सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ। आम्दानी मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ। नजिकका ब्यक्तिको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

    जिबन साथीको सहयोगमा गरिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। मानसिक चन्चलताले सताउन सक्नेछ। सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ। बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ। कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

    स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला। मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकिएला। शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ। परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ। यात्रामा एक्लोपनको महसुस हुनसक्ला।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

    आय आर्जनमा बृद्दि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ। बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ। आफु भन्दा सानाको सहयोगमा गरिएको कार्य सफल रहनेछन। बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ।

    तुला (र, रि, रे, रो, ता, ति, तु, ते)

    पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ। आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ। सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोत फेला पर्नाले मन उत्साहित रहनेछ। पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

    आफ्नै घमन्डका कारण दाजुभाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ। भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ। आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला। प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

    आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला। मित्रको साथ सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ। स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ। सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ। अर्को अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

    परीवारका कोहि सदस्यको स्वास्थमा खराबी आउन सक्नेछ। मान प्रतिष्ठामा बृद्दि हुने योग रहेको छ। मनमा आट र शाहसको कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला। जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ। सहि निर्णय हुन नसक्दा पारिवारिक कलहको सामाना गनुपर्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

    शत्रु सबल रहनाले कुरा काट्ने ब्यक्तिको बृद्धि हुनेछ। सामान्य आर्थिक अभाब झेल्नु पर्ला। बिलासिताका सामानमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ। अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्रो हुन सक्ला।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

    यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ। आयआर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ। नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ। आम्दानी बृद्दिका लागी विद्वान ब्यक्तित्वको मार्गदर्शन अबलंबन गर्नु लाभदायिक रहला। आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...

    आलममाथि पुनः कानुनी घेराबन्दी : सर्वोच्चले के फैसला गर्ला?

    काठमाडौं, साउन २ – नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च...

    विराटनगरको प्रहरी कार्यालयमै तीन श्रमिकमाथि निर्घात कुटपिट, एकजना गम्भीर घाइते

    विराटनगर, साउन २ – मोरङको रानीस्थित इलाका प्रहरी कार्यालयभित्रै तीन जना श्रमिकमाथि भएको कुटपिटको घटनाले...

    धरहरा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला, ५ करोड नजिक आम्दानी

    काठमाडौं, साउन २ – काठमाडौंको ऐतिहासिक चिनारीका रूपमा रहेको सुन्धारास्थित धरहरा अब प्रत्येक दिन बिहान...