News Portal

  • कहिले हुन्छ पोखराबाट अन्तर्राष्ट्रिय उडान ?

    हिमालीसंचार संवाददाता
    २०४ पटक

    पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सूदन किराँतीसँग पोखराका पर्यटन व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलगायत पर्यटनका विविध विषयमा प्रश्न गरेका छन्।

    पोखरा पर्यटन परिषद्को आयोजनामा मन्त्रीसँग पर्यटन विषय केन्द्रित अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले अन्तर्राष्ट्रिय उडानका लागि संघीय सरकारले किन पहल गर्न सकेको छैन ? कहिलेदेखि उडान सुरु हुन्छ ? जस्ता प्रश्न गरेका थिए।

    गत १ जनवरीमा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अहिलेसम्म पनि अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन। मन्त्री किराँतीले पोखराको सुन्दरताको वर्णन गर्दै अन्तर्राष्ट्रिय उडानका लागि आफूले पहल गरिरहेको जानकारी दिए।

    उनले पोखरा उत्कृष्ट गन्तव्य र पर्यटनको विश्वविद्यालय नै भएकाले यसको विकासमा आफूले निकै चासो दिएको बताउँदै अन्तर्राष्ट्रिय उडानका विषयमा आफूले प्रक्रिया बुझेर कार्य अघि बढाउने जानकारी दिए।

    मन्त्री किराँतीले पर्यटन व्यवसायीका जिज्ञासा समाधान गर्न आफू सकारात्मक भएको जनाउँदै जिम्मेवारी र कर्तव्य बुझ्ने नेतृत्वको अभावमा यस्ता समस्या बग्रेल्ती देखिएकाले सुधारको आवश्यकता रहेको बताए।

    त्यसैगरी, पर्यटन व्यवसायीले नेपाल पर्यटन बोर्डको कार्यविधि नबनेकाले पर्यटन प्रवद्र्धनमा विनियोजित रकम खर्च हुन नसकेको विषयमा पनि प्रश्न उठाएका थिए।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन प्रवद्र्धनका लागि लागि बोर्ड सदस्यहरूबाट पूर्वाधार विकासका एजेन्डा प्रस्तुत हुन नसकेको गुनासो गरे।

    पर्यटन व्यवसायी गणेश भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्न हतारिएको तर आवश्यक गृहकार्य पूरा नभएको बताए।

    उनले अन्तर्राष्ट्रियले उडान हुन नसक्दा धेरै प्रश्न उठ्न थालेको जनाउँदै संघीय सरकारलाई यथाशक्य पहल गर्न आग्रह गरे।

    नेपाल पर्यटन बोर्ड गण्डकी प्रमुख काशीराम भण्डारीले आफूलाई कार्यविधि नबनी रकम निकासा गर्ने अधिकार नभएकाले प्रवद्र्धनका लागि विनियोजित रकम खर्च गर्न समस्या भएको बताए।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै उत्साहित भए पनि अन्तर्राष्ट्रिय उडान सुरु हुन नसक्दा निराश भएको बताए।

    योसँगै सरकारको स्पष्ट पर्यटन नीति नहुनु र ठुलो लगानी भएको पर्यटन क्षेत्र वित्तीय संस्थाको चर्को ब्याजदर र दबाबले थप समस्या सिर्जना गरेको उनको भनाइ थियो।

    राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले पर्यटन विकासका लागि अनुसन्धान हुनुपर्नेमा जोड दिए। उनले पर्यटक लक्षित गतिविधि र गन्तव्यका लागि नयाँ–नयाँ सोच र विकासको खोजी आवश्यक रहेको बताए।

    पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखे, पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई, टान, हान, नाट्टा, टेसा, एगा, एनटिभिए, वोटेफ, मनी चेन्जर, पोखरा उद्योग वाणिज्य संघ, भिटोफ, नेपाल हवाई खेलकुद संस्थालगायत संस्थाका अध्यक्ष एवं प्रतिनिधिले आ–आफ्नो क्षेत्रका विषयगत समस्या प्रस्तुत गरे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...