News Portal

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा प्रतिलिटर कति ?

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडाैं। भारत आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाएको छ। आईओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको मूल्य फेब्रुअरी १६ मा घटाएर नेपाल आयल निगमलाई पठाएको हो।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ ९७ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपियाँ ४० पैसा र हवाई इन्धनमा प्रतिलिटर ३ रूपियाँ ८८ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको

हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ। यसअघि माघ २३ गते मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटरमा तीन/तीन रुपियाँ मूल्य बढाएको थियो।

आयल निगमका अनुसार आईओसीलाई ११ अर्ब रुपैयाँ तिर्न बाँकी छ। आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ। आयल निगमले भने मूल्य घटाउने वा नघटाउने भन्ने बारेमा निर्णय गरिसकेको छैन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...