News Portal

  • सुरेन्द्र महर्जन अमरलाई विश्व कृतिमानी प्रमाणपत्र हस्तान्तरण

    हिमालीसंचार संवाददाता
    ४४१ पटक

    काठमाडौ। गीतकार संघ नेपालको आयोजनामा वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’लाई वरिष्ठ गीतकार विश्व बल्लभ र गीतकार संघको अध्यक्ष तथा गीतकार बसन्त वित्यासी थापाबाट संयुक्तरूपमा ‘वल्ड वाइल्ड बुक अफ रेकर्ड’को विश्व क्रीतिमानको प्रमाणपत्र एक समारोहबीच हस्तान्तरण गर्नुभयो।

    चार दशक लामो साहित्य यात्रा र तीन दशक लामो सांगीतिक यात्रालाई निरन्तरता दिँदै आउनु भएका साहित्यकार सुरेन्द्र महर्जन अमरलाई विश्व कृतिमान कायम गर्नुभएकोमा साहित्यकार विश्व बल्लभ र गीतकार वसन्त बित्यासी थापाले बधाई समेत दिनुभयो।

    विश्व कीर्तिमानीको प्रमाणपत्र ‘वल्ड वाइड बुक अफ रेकर्ड’को कार्यालयबाट नेपाल आएको केही महिनापछि उक्त रेकर्ड सार्वजनिक भएको हो। प्रमाणपत्र वितरण समारोहमा चर्चित संगीतकार सन्तोष श्रेष्ठ, विवेक कार्की, चिरञ्जीवी भण्डारी, चेतन खतिवडा, रमेश कोइराला, लगायतले सुरेन्द्र महर्जन ‘अमर’को बारेमा बोल्नु भएको थियो।

    वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ ले पहिलो पटक विश्वको अग्लो हिमाल सगरमाथा बेस क्याम ५३६४ मिटर अग्लो स्थानमा आफ्नो रचनामा तयार भएको गीति एल्बम ”मायाको सागर” सार्वजनिक गरेर विश्व कृतिमानी रेकर्ड कायम गर्नुभएको हो।

    साहित्य क्षेत्रमा कविता, गीत, कथा, उपन्यास, मुक्तक, हाइकु, तान्का आदि लेखेर चर्चा बटुल्न सफल साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ले १८ अप्रिल २०२२ मा सगरमाथा बेस क्याममा आफ्नो रचनामा तयार भएको गीति एल्बम अहिलेसम्मकै धेरै उचाई माथिबाट सार्वजनिक गर्नुभएको थियो।

    निरन्तर हटेर हैन डटेर साहित्यमा आफ्नो समय बिताउने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को तिसौं कृति सगरमाथा बेस क्याममा सार्वजनिक गरेको कारण उक्त विश्व कीर्तिमान प्रमाणपत्र प्राप्त भएको हो।

    उहाँको रचनामा रहेकोे उक्त एल्बममा चर्चित गायक कुमार सानु र देविका वन्दना, प्रविन भेटवाल, सन्तोष श्रेष्ठ, अस्मिता अधिकारी र चिरञ्जीवी भण्डारी आदिको स्वर रहेको छ।

    एल्बममा संगीतकारहरू सन्तोष श्रेष्ठ, पुष्कर सुनुवार र चिरञ्जीवी भण्डारीको संगीत रहेको छ। ओएस नेपालको प्रस्तुतिमा सार्वजनिक एल्बम मायाको सागर बजारमा आएको हो।

    प्रमाणपत्र वितरण कार्यक्रममा साहित्यकार महर्जनले वल्ड वाइड बुक अफ रेकर्डको प्रमाणपत्र प्राप्त गरेकोमा आफूले मात्र नभएर सम्पूर्ण नेपालीको सफलता भएको पनि बताउनुभयो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...

    भारतमा विषाक्त खोकी सिरपबाट २० बालबालिकाको मृत्यु, कम्पनीका मालिक पक्राउ

    भारत, असोज २३ – भारतको मध्य प्रदेशमा ‘कोल्ड्रिफ’ नामक खोकी सिरप सेवनका कारण कम्तीमा २०...