News Portal

निरेम प्रोडक्सनकाे सातौ वार्षिक उत्वस भब्यताको साथ सम्पन्न

हिमालीसंचार संवाददाता
३३६ पटक

कुवेत – निरेम प्रोडक्सन कुवेतले हिजाे फ्रेब्रुअरी १० तारिख शुक्रवारको दिन निरेम सांगीतिक उत्सव कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथ सातौ वार्षिक उत्वस भब्यताको साथ कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ।

निरेम प्रोडक्सनको संगीतमय कार्यक्रममा प्रेम जिमी यक्खाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, बिशेष अतिथिमा टिभियस ग्रुपका चियरमेन डा. एस.एम. हैदर अली अथितिहरुमा एनआरएनए कुबेतका अध्यक्ष रणध्वज लामा तथा कुबेतमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र कुवेतबाट सञ्चालित विभिन्न मिडियामा आबद्ध पत्रकारहरु आतिथ्यता रहेको थियो।                                   

प्रमुख अतिथी , विशेष अतिथि र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए। प्रमुख अतिथी , विशेष अतिथि तथा अतिथिहरुलाई फूलको गुच्छा दिएर सम्मान गरेका थिए।
निरेम प्रोडक्सनका सदस्य जयनारायण थारुले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थीले सञ्चालन गरेका थिए।

निरेम प्रोडक्सनकाे संगीतमय कार्यक्रममा शुभकामना दिने व्यक्तिहरु भनी सिमित मात्रामा थिए। संगीतमय कार्यक्रम भएको हुनाले शुभकामना दिने व्यक्तिहरुले पनि छाेटाे मिठाे शुभकामना दिएका थिए।
शुभकामना दिनेहरुमा नेपाली दुताबास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, टिभियस ग्रुपका चियरमेन डा.एस.एम. हैदर अली एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा,आदिवासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिब हरि बानियाँ थिए।

सातौं वार्षिकोत्सवको अवसरमा सांगीतिक माहोलमा नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको जोडदार प्रस्तुतीले दर्शकहरु रमाउदै नाच्दै थिए।

कुवेतमा हुने हरेक साँगितिक कार्यक्रम भन्दा निरेम प्रोडक्सनकाे सांगीतिक कार्यक्रम धेरै फरक थियो।नयाँ डिजिटल प्रविधिसँगसँङ्ग अपडेट हुनुपर्छ भन्ने सोचँले गर्दा बिगतका कार्यक्रम भन्दा केहि नयाँ र पृथक भयो । सांगीतिक कार्यक्रममा नयाँ पन दिएर कुवेतबासी नेपाली दर्शक स्रोता माँझ प्रस्तुत कार्यक्रम साँचिकै प्रसँसनिय बनाउन सफल भएकाे छ।
सिनेमा हलबाट चलचित्रको समाप्ति सँङ्गै दर्शक एकैपटक हलबाट बाहिरिए जस्तै कार्यक्रमको अन्तिम प्रस्तुति सम्म हल भरिभराउ नै थियो।

कार्यक्रम हलमा दर्शकहरु नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोकप्रिय डान्सर कविता नेपाली,गायक कमल खत्री र गायिका मेलिना मैनालीका साथ दर्शकहरु रमाई-रमाई नाचिरहेका थिए। डान्सर कविता नेपालीकाे प्रस्तुतिले त दर्शकहरु अझै नाच्दै झुम्दै थिए।कार्यक्रम शुरु भएदेखि अन्त्य कार्यक्रम हलमा उपस्थिति दर्शक तथा नेपाली दुतावास कुवेत महामहिम राजदूत तथा दुतवास परिवारका सदस्य सबै कार्यक्रमको अन्त्यसम्म बसेर रमाउदै थिए।
अन्त्यमा नेपालबाट आमन्त्रित कलाकार तथा स्थानीय कलाकार तथा चियरमेन डा. एस.एम. हैदर अली , एनआरएनए कुबेतका उपाध्यक्ष हाेम नाथ गिरी कार्यक्रम स्पोन्सर गर्ने बीईसी एक्सचेंज, सिटी एक्सप्रेस नमस्ते गहना पसल यलर ब्यूटी पार्लर wwics worlds largest Resettlement लाई प्रमुख अतिथीको हातबाट मायाकाे चिनो स्वरुप सम्मान गरिएको थियो भने कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति प्रेम जिमी यक्खाले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...