News Portal

  • निरेम प्रोडक्सनकाे सातौ वार्षिक उत्वस भब्यताको साथ सम्पन्न

    हिमालीसंचार संवाददाता
    २१८ पटक

    कुवेत – निरेम प्रोडक्सन कुवेतले हिजाे फ्रेब्रुअरी १० तारिख शुक्रवारको दिन निरेम सांगीतिक उत्सव कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथ सातौ वार्षिक उत्वस भब्यताको साथ कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ।

    निरेम प्रोडक्सनको संगीतमय कार्यक्रममा प्रेम जिमी यक्खाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, बिशेष अतिथिमा टिभियस ग्रुपका चियरमेन डा. एस.एम. हैदर अली अथितिहरुमा एनआरएनए कुबेतका अध्यक्ष रणध्वज लामा तथा कुबेतमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र कुवेतबाट सञ्चालित विभिन्न मिडियामा आबद्ध पत्रकारहरु आतिथ्यता रहेको थियो।                                   

    प्रमुख अतिथी , विशेष अतिथि र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधीवत उद्घाटन गरेका थिए। प्रमुख अतिथी , विशेष अतिथि तथा अतिथिहरुलाई फूलको गुच्छा दिएर सम्मान गरेका थिए।
    निरेम प्रोडक्सनका सदस्य जयनारायण थारुले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने कार्यक्रम संचालन नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थीले सञ्चालन गरेका थिए।

    निरेम प्रोडक्सनकाे संगीतमय कार्यक्रममा शुभकामना दिने व्यक्तिहरु भनी सिमित मात्रामा थिए। संगीतमय कार्यक्रम भएको हुनाले शुभकामना दिने व्यक्तिहरुले पनि छाेटाे मिठाे शुभकामना दिएका थिए।
    शुभकामना दिनेहरुमा नेपाली दुताबास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी, टिभियस ग्रुपका चियरमेन डा.एस.एम. हैदर अली एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा,आदिवासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिब हरि बानियाँ थिए।

    सातौं वार्षिकोत्सवको अवसरमा सांगीतिक माहोलमा नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको जोडदार प्रस्तुतीले दर्शकहरु रमाउदै नाच्दै थिए।

    कुवेतमा हुने हरेक साँगितिक कार्यक्रम भन्दा निरेम प्रोडक्सनकाे सांगीतिक कार्यक्रम धेरै फरक थियो।नयाँ डिजिटल प्रविधिसँगसँङ्ग अपडेट हुनुपर्छ भन्ने सोचँले गर्दा बिगतका कार्यक्रम भन्दा केहि नयाँ र पृथक भयो । सांगीतिक कार्यक्रममा नयाँ पन दिएर कुवेतबासी नेपाली दर्शक स्रोता माँझ प्रस्तुत कार्यक्रम साँचिकै प्रसँसनिय बनाउन सफल भएकाे छ।
    सिनेमा हलबाट चलचित्रको समाप्ति सँङ्गै दर्शक एकैपटक हलबाट बाहिरिए जस्तै कार्यक्रमको अन्तिम प्रस्तुति सम्म हल भरिभराउ नै थियो।

    कार्यक्रम हलमा दर्शकहरु नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोकप्रिय डान्सर कविता नेपाली,गायक कमल खत्री र गायिका मेलिना मैनालीका साथ दर्शकहरु रमाई-रमाई नाचिरहेका थिए। डान्सर कविता नेपालीकाे प्रस्तुतिले त दर्शकहरु अझै नाच्दै झुम्दै थिए।कार्यक्रम शुरु भएदेखि अन्त्य कार्यक्रम हलमा उपस्थिति दर्शक तथा नेपाली दुतावास कुवेत महामहिम राजदूत तथा दुतवास परिवारका सदस्य सबै कार्यक्रमको अन्त्यसम्म बसेर रमाउदै थिए।
    अन्त्यमा नेपालबाट आमन्त्रित कलाकार तथा स्थानीय कलाकार तथा चियरमेन डा. एस.एम. हैदर अली , एनआरएनए कुबेतका उपाध्यक्ष हाेम नाथ गिरी कार्यक्रम स्पोन्सर गर्ने बीईसी एक्सचेंज, सिटी एक्सप्रेस नमस्ते गहना पसल यलर ब्यूटी पार्लर wwics worlds largest Resettlement लाई प्रमुख अतिथीको हातबाट मायाकाे चिनो स्वरुप सम्मान गरिएको थियो भने कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति प्रेम जिमी यक्खाले कार्यक्रममा उपस्थिति सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज साउन १३ गतेको राशिफल

    आज साउन १३, २०८२ (जुलाई २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    बेपत्ता भनिएको परिवार मजदुरी गर्न पोखरा आएको खुलासा

    पोखरा, साउन १२ – केही दिनदेखि सम्पर्कविहीन रहेको भनिएको हायू परिवार अन्ततः पोखराको गगनगौंडामा सकुशल...

    फिल्म डेब्युको तयारीमा टिकटकर आयुष : ‘राम नाम सत्य’मा देखिने

    काठमाडौं, साउन १२ – टिकटकमा छुट्टै पहिचान बनाएका आयुष सिंह ठकुरी अब फिल्मको पर्दामा देखिने...

    कोशी प्रदेशमा QR कोडमार्फत घुस प्रकरण : मन्त्रीको ‘नचिनेको अभिनय’, संसदमा छानबिनको चर्को माग

    विराटनगर, साउन १२ – कोशी प्रदेश सरकारभित्रको एउटा अपारदर्शी अध्याय फेरि सतहमा आएको छ। आरोपको...

    ८ लाख रुपैयाँ भत्ता निकालेपछि बेपत्ता परिवार: गाउँले अचम्ममा, प्रहरी अनुसन्धानमा

    काठमाडौं, साउन १२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, बिप्पर कटेरीबाट एकै परिवारका १६ जना सदस्य रहस्यमय...