News Portal

कपिलवस्तु किन बन्यो रणभूमी ?

हिमाली संचार संवाददाता
५६५ पटक

कपिलवस्तु -दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा कपिलवस्तुको कृष्णनगरमा विवाद हुँदा पटक–पटक झडप भएको छ । झडप भएपछि कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले आज देखि अनिश्चितकालीन कफ्र्यु (निषेधाज्ञा) लगाइएको छ ।

युवाबीच झडप भएपछि आज साँझ ५ बजेदेखि निषेधाज्ञा लागेको हो । अहिले सो क्षेत्र तनावग्रस्त भएपछि जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट थप सुरक्षाकर्मी पठाइएको छ ।

प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रको बैठकले जिल्लाको शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (क) अनुसार आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्म कृष्णनगरदेखि उत्तरमा वडाया पोखरी, पश्चिममा झण्डी नगर शिर्शिहवा चोक, पूर्वमा सेमरा गाउँ, दक्षिणमा नेपाल–भारत दशगजा क्षेत्रमा निषेधाज्ञा लगाएको प्रजिअ अर्जुनप्रसाद पोखरेलले बताउनुभयो ।

प्रजिअ पोखरेलका अनुसार सामान्य विषय भए पनि हिंसा भड्किने खतरा आएकाले ‘कफ्र्यु’ जारी गर्नुपरेको जनाउनुभयो । उहाँका अनुसार दुई दिनसम्म पनि मिलाउने प्रयास असफल भएपछि अर्को आदेश नभएसम्मका लागि ‘कफ्र्यु’जारी गरिएको हो ।

अर्को सूचना जारी नहुँदासम्म कसैलाई घर बाहिर निस्कन, आवतजावत गर्न तथा भेला, जुलुस एवं हुलदङ्गा नगर्न आदेश दिइएको छ ।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...