News Portal

रुपन्देहीको देवदहमा शिक्षकबाट किशोरी बलात्कृत, आरोपित शिक्षक पक्राउ

हिमालीसंचार संवाददाता
२५२ पटक

अमृता अनमोल
बुटवल। रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको घटना बाहिरिएको छ। विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले होटलमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीकहाँ उजुरी परेको छ।

जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार गुरुङले माघ २० गते शुक्रबार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए।

जबर्जस्तीपछि किशोरीले घटना बाहिर ल्याएकी थिइन् भने अभिभावकले प्रहरीमा जबर्जस्ती करणीविरुद्ध उजुरी दिएका थिए।

उजुरीपछि फरार शिक्षकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उजुरीका आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...