आज : २०२६-०६-०८, सोमबार

कबिता: ‘कतिबेला’

च्वास्स गोब्यो यौबनले
दुख्यो छाती चस्केर…
भाग्यो छ कतिबेला त्यो
बिउझे मत झस्केर ।

हेरे वरि-परि अरूका
ढक-मक्क थे फुलेका…
मेरो त सबै उजाड
अरु सब बहुतै झुलेका ।

थियो कहानि एक लेख्न
रह्योछ आधा अधुरो…
हेरेछन् छरल्ग अरुले
मेरै भएछ मधुरो ।।

– तपिकुमार सिँह ठकुरी