News Portal

धनगढीकि उपप्रमुखले विद्यार्थीबाट लिइन् रातो कार्पेटमा सलामी

हिमालीसंचार संवाददाता
२६७ पटक

धनगढी। धनगढी उपमहानगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन उपप्रमुख कन्दकला कुमारी रानाले गरेकी छन्। प्रतियोगित उद्घाटनका क्रममा रातो कार्पेटमा उभिएर उनले विद्यार्थीबाट सलामी लिएकी थिइन्।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थिति धनगढी नमुना प्राविधिक विद्यालयको प्राङगणमा आइतबारबाट सुरु भएको प्रतियोगितामा मार्चपासमा सहभागी विद्यार्थीले प्रमुख अतिथि नगर उपप्रमुखलाई सलामी अर्पण गरेका थिए।

नगर उपप्रमुख रानाले रातो कार्पेटमा उभिएर सलामी फर्काएकी थिइन्। कार्यक्रममा उनले विद्यार्थीहरूलाई खेलप्रति रुची बढाउन र क्षमता बढाउन प्रतियोगिता आयोजना गरिएको बताइन्।

नगरभित्र ७३ सामुदायिक विद्यालय छन्। नेकपा एमालेबाट उपप्रमुखमा निर्वाचित रानाले रातो कार्पेटमा उभिएर विद्यार्थीहरूबाट सलामी लिएपछि विरोध भइरहेको छ।

प्रतिकृया दिनुहोस्

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...