News Portal

  • कुबेतमा भव्यताको साथ मनाइयो २८५९ औं सोनाम ल्होछार

    हिमालीसंचार संवाददाता
    २४१ पटक

    कुवेत सिटि। नेपाल तामाङ घेदुङ कुवेतद्वारा आयोजित राष्ट्रिय पर्व एवंम् तामाङ समुदायको धार्मिक एवं साँस्कृतिक महान पर्व (नयाँ वर्ष) मन्जुश्री सम्बत २८५९ औं सोनाम ल्होछार कार्यक्रम नेपालबाट आमन्त्रित कलाकार विश्व दोङको साथमा हिजो ३ फेब्रुअरी शुक्र्बारको दिन कुवेतको जिलिवस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ मनाएको छ।

    ॐ माने पेमे होमको मुटु छुने धुनमा लामा गुरुहरुबाट बुद्ध धर्म सम्बन्धी पाठ पूजाआर्चना गरी शुरुवात गरेको कार्यक्रममा नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष नाराण घलान तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी तथा अन्य अतिथीहरूमा कुबेतमा आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र पत्रकारहरुको आतिथ्यता रहेको थियो।

    प्रमुख अतिथी र सभापतिले सयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको बिधिवत उद्घाटन गरेका थिए। संस्थाका सदस्य कलाकार तृष्णा तमाङले स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने, संस्थाका सल्लाहकार केशर घलान तामाङ र कार्यक्रम संयोजक नेपाल तामाङ सँस्कृती घेदुङ कुवेतका अध्यक्ष हिमाल लामाले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए।

    प्रमुख अतिथी दुर्गाप्रसाद भण्डारीले सोनाम ल्होछार तामाङ समुदायको मात्रै नभएर सिंगो नेपालीको राष्ट्रिय पर्व भएको र यस पर्वले राष्ट्रिय एकता र सद्भावको सन्देश दिएको भन्दै प्रवासको भूमिमा रहेर पनि आफ्नो संस्कृतीको जगेर्ना गर्न निरन्तर लागि परेकोमा आयोजकलाई बधाइ तथा शुभकमना दिएका थिए।

    त्यस्तै, शुभकामना दिनेहरुमा एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा, आदिवासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ, गैरआवासीय नेपाली संघ आइसीसी सदस्य हरि लावती/माधब पौडेल, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष राज मल्ल, नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका अध्यक्ष चन्द्र तामाङ, नेपाली समाज कुबेतका ध्रुवकुमार सङ्ग्रौलालगयतले ल्होछारको शुभकामना मन्तव्य दिएका थिए।

    आफनो भेष-भुषा‍‍मा अति नै आकर्षक द्रिष्यमा सजिएका आफ्नो तमाङ पहिचान र मौलिकता झल्काउने खालका सेलो नाँच, डाँम्फ नाँच, म्हेन्दो माया नाँच युगल तथा सामुहिक नृत्य गरी झनै ल्होछारलाई सुगन्ध भर्ने काम नेपाल तामाङ घेदुङ कुवेत सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो भने, नेपालबाट आमन्त्रित चर्चित गायक तथा संगितकार आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा विदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त गायक विश्व दोङ तामाङले आफनो नयाँ पुराना दर्जन भन्दा बढी चर्चित गीतहरु प्रस्तुत गरेर उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गराएका थिए।

    अन्त्यमा नेपालबाट आमन्त्रित कलाकार विश्व दोङलाई प्रमुख अतिथीको हातबाट मायाको चिनो स्वरुप सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो। कार्यक्रमको समापन गर्दै अध्यक्ष नाराण घलानले सोनाम ल्होछार कायर्क्रमलाई भव्य र सभ्य ढंगले सम्पन्न गर्नमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले सहयोग गर्ने विभिन्न संघ-संस्थाहरु, संघ-संस्थाका प्रतिनिधीहरु, विशिष्ट व्यक्तित्वहरु, नेपालबाट आमन्त्रित कलाकार, पत्रकारलगायत नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...