News Portal

  • भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बिक्री

    हिमालीसंचार संवाददाता
    ३४९ पटक

    काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी युवती कुवेतमा बेचिएकी छिन्। मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपैयाँमा बिक्री गरेका हुन्।

    कुवेतमा पुर्‍याई श्रम शोषण गरेको र यौन शोषणमा परेको सूचनापछि कुवेतस्थित नेपाली दूतावासले उनलाई उद्धार गरी नेपाल पठाएको छ।

    मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उद्धार गरी नेपाल ल्याइएकी युवतीसँगै अन्य १२ जनाको उद्धारको प्रयास भइरहेको छ।

    गत मंसिर २६ गते भिजिट भिसाबाट दुबई पुगेका ती युवतीलाई कुवेत, इरान, सिरिया, इजिप्टलगायतका मुलुकमा पुर्‍याई जनही कम्तीमा ५ लाखमा बिक्री गरिएको खुलेको छ।

    मानव बेचबिखनमा संलग्न उदयपुरको उदयपुरगढी गाउँपालिका-२ का लालबहादुर मगर र इलाम फाकफोकथुम गाउँपालिका–५ का डम्बरबहादुर दर्लामीलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौँबाट पक्राउ गरेको छ।

    उद्धार गरी नेपाल ल्याइएकी युवतीका अनुसार पोर्चुगल र अमेरिकालगायतका मुलुकमा पठाउने भन्दै कुवेतमा पुर्‍याएपछि एक हजार ३०० कुवेती दिनारमा बिक्री गरिएको थियो।

    बेचबिखनमा परेपछि आफूहरूलाई चर्को श्रममा लगाएको र निरन्तर यौनशोषण गरेको पीडित युवतीले बताइन्। पाँच जनाले गर्नुपर्ने काम एक्लै गर्न बाध्य पारिएको तथा नसके कुटपिट हुने गरेको उनले बताइन्। यो समाचार आजको गोरखापत्रदैनिकमा प्रकाशित छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मोबाइलको लतमा फसेका युवालाई गलत तत्वले प्रयोग गरेको पोखरेलको दाबी

    काठमाडौं, १७ कात्तिक — नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मोबाइलको अत्यधिक प्रयोगमा रमाउने...

    युके पठाइदिन्छु भन्दै ४२ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौँ, कार्तिक १७ – वैदेशिक रोजगारीका नाममा ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...

    कैलालीमा दुई भारतीय नागरिक पक्राउ, २८ लाख रुपैयाँ बरामद

    कैलाली, कार्तिक १७ – स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई भारतीय नागरिक कैलालीमा पक्राउ परेका...

    आज २०८२ साल कार्तिक १७ गतेको राशिफल

    आज कार्तिक १७, २०८२ (नोभेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ‘पहिला देश’ अभियान अन्तर्गत माइतीघरमा प्रदर्शन र प्रहरी हस्तक्षेप

    काठमाडौं, कार्तिक १६ – डा. निकोलस भुसालले आह्वान गरेको प्रदर्शनमा सहभागी केही प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ...