News Portal

दुई महिना बित्न नपाउदै पुनः भत्कियाे नाला

हिमाली संचार संवाददाता
७१९ पटक

रबिन्द्र बराल
माेरङकाे रंगेली नगरपालिका ७ अस्पताल चाैक नजिकै बनाउदै गरेको नाला दुई महिना बित्न नपाउदै अाईतबार बिहान अाएकाे अबिरल बर्षाका कारण पुनः भत्किएको छ । भदौ २६ गते भत्किएकाे नाला निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले निर्माण गरेको थियोे।

अाईतबार बिहान अाएकाे अबिरल बर्षाकाे कारण साेहि देखि उत्तरमा पुनः नाला भत्किएको छ। बालुवामा सिमेन्टको मात्रा कम भएको कारणले गर्दा नाला भित्किएकाे स्थानीय बताउँछन् ।

बारम्बार नाला भत्किदा अवका दिनहरुमा कसरी काम राम्रो हाेला भन्ने चासोको बिषय बनेको छ । रंगेलीकाे मुख्य बजारमा नाला बनाउने काम द्रुतगतिमा निर्माण सम्पन भए पछि अहिले नाला माथि स्यालाप हाल्ने काम समेत भईरहेकाे छ ।

मुख्य बजारका सय बर्ष पुराना घरहरु  भत्केे पछि रंगेलीकाे नयाँ मुहार फेरिनेे अासामा रहेका स्थानीयबासि खुशीले दङ्ग भएका थिए । तर कमसल काम देखेर उनिहरु निरास भएका छन । उक्त सडक बनाउनका लागि निर्माण कम्पनी लामा डाँफे द कन्चनजंघा कन्ट्रक्सन प्रालिले उक्त सडक कालाेपत्रे गर्ने जिम्मा पाएकाे छ ।

रंगेली देखि कानेपाेखरी सम्म २४.४ किलोमिटर रहेको र त्यसकाे कुल लागत ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयाँ रहेको छ । उक्त सडक २०७४ असार ६ गते जिम्मेवारी पाएकाे र २०७६ असार ५ गते काम सम्पान्न गरिने सम्झौता समेत भएको छ ।

अहिले रंगेलीकाे मुख्य बजार फराकिलो र चाैडाई देखेपछि बजार अाउने सर्वसाधारणहरु बजारकाे मुहारै फेरिकाे बताउँछन् । अहिले बजारमा रहेका    पुराना बिजुलीको पाेलहरु समेत हटाई सकेकाे र अावतजावतमा समेत सहज भएको स्थानीय बताउँछन् ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...