News Portal

नेपाली पासपोर्ट बनाउन परराष्टका घुम्ति टोली पोर्चुगल पठाउने तयारी

हिमालीसंचार संवाददाता
५०७ पटक

पुस्तक रेग्मी,
पोर्चुगल। नेपाली पासपोर्ट बनाउन बढीमा दुई हप्ताभित्र पाँच सदस्यीय टोली एक महिनासम्मका लागि पोर्चुगल बस्ने गरी नेपाल सरकारले पोर्चुगल पठाउन लागिएको परराष्ट्रमन्त्री डाक्टर विमला पौडेल राईले जानकारी दिए।

परराष्ट्रमन्त्री डाक्टर विमला पौडेल राईले एनआरएनए पोर्चुगललगायत युरोपका एनसिसीहरुको छलफल तथा अन्तर कार्यक्रम सम्पन्न गरिएको छ।

एनआरएनए पोर्चुगल, माल्टा, साइप्रस, क्रोएसिया, चेक रिपब्लिक, पोल्यान्ड र स्पेनलगायत मुख्य रूपमा युरोपमा नेपाली नागरिकहरुले समस्या झेलिरहेका एनसिसीहरुको पहल तथा आयोजना र एनआरएनएका केन्द्रीय उपमहासचिव रामशरण सिंखडाले सहजिकरण गरेर युरोपका नेपालीहरुको समस्या ध्यानाकर्षण र समाधानका उपायहरुका बारेमा परराष्ट्रमन्त्री डाक्टर विमला राई पौडेलले २९ जनवरी २०२३ आइतबार छलफल र अन्तरक्रिया कार्यक्रम गरिएको हो।

पोर्चुगलका नेपालीहरुको पासपोर्ट बनाउनु पर्ने विकाराल समस्या, पोर्चुगलमा नेपालीहरुको भइरहेको असामयिक निधन र शव व्यवस्थापनका सन्दर्भमा एनआरएनए पोर्चुगलको तर्फबाट अध्यक्ष रविन अधिकारी र महासचिव राजकुमार थापाले जोडदार र बुँदागतरूपमा समस्या समाधानका लागि आग्रह र माग गरेका थिए। तर, लिखित ज्ञापनपत्र पठाइने जानकारी गर्दै महासचिव राजकुमार थापाले जानकारी दिए। कार्यक्रम वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ पनि उपस्थिति रहेको थियो।

मन्त्रीले मन्तव्यको क्रममा पोर्चुगलमा रहेका नेपालीहरुको हराएका, म्याद सकिएका पासपोर्ट बनाउन चाडो भन्दाचाडो (एकदुई हप्ता भित्र नै) २५ दिनदेखि एक महिनासम्मका लागि ५ सदस्यीय टोली पोर्चुगल पठाइने र उक्त टोलीलाई दूतावासले संयोजन र निरीक्षण गर्ने जानकारी दिए।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...