News Portal

नेपाली पासपोर्ट बनाउन परराष्टका घुम्ति टोली पोर्चुगल पठाउने तयारी

हिमालीसंचार संवाददाता
४३५ पटक

पुस्तक रेग्मी,
पोर्चुगल। नेपाली पासपोर्ट बनाउन बढीमा दुई हप्ताभित्र पाँच सदस्यीय टोली एक महिनासम्मका लागि पोर्चुगल बस्ने गरी नेपाल सरकारले पोर्चुगल पठाउन लागिएको परराष्ट्रमन्त्री डाक्टर विमला पौडेल राईले जानकारी दिए।

परराष्ट्रमन्त्री डाक्टर विमला पौडेल राईले एनआरएनए पोर्चुगललगायत युरोपका एनसिसीहरुको छलफल तथा अन्तर कार्यक्रम सम्पन्न गरिएको छ।

एनआरएनए पोर्चुगल, माल्टा, साइप्रस, क्रोएसिया, चेक रिपब्लिक, पोल्यान्ड र स्पेनलगायत मुख्य रूपमा युरोपमा नेपाली नागरिकहरुले समस्या झेलिरहेका एनसिसीहरुको पहल तथा आयोजना र एनआरएनएका केन्द्रीय उपमहासचिव रामशरण सिंखडाले सहजिकरण गरेर युरोपका नेपालीहरुको समस्या ध्यानाकर्षण र समाधानका उपायहरुका बारेमा परराष्ट्रमन्त्री डाक्टर विमला राई पौडेलले २९ जनवरी २०२३ आइतबार छलफल र अन्तरक्रिया कार्यक्रम गरिएको हो।

पोर्चुगलका नेपालीहरुको पासपोर्ट बनाउनु पर्ने विकाराल समस्या, पोर्चुगलमा नेपालीहरुको भइरहेको असामयिक निधन र शव व्यवस्थापनका सन्दर्भमा एनआरएनए पोर्चुगलको तर्फबाट अध्यक्ष रविन अधिकारी र महासचिव राजकुमार थापाले जोडदार र बुँदागतरूपमा समस्या समाधानका लागि आग्रह र माग गरेका थिए। तर, लिखित ज्ञापनपत्र पठाइने जानकारी गर्दै महासचिव राजकुमार थापाले जानकारी दिए। कार्यक्रम वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ पनि उपस्थिति रहेको थियो।

मन्त्रीले मन्तव्यको क्रममा पोर्चुगलमा रहेका नेपालीहरुको हराएका, म्याद सकिएका पासपोर्ट बनाउन चाडो भन्दाचाडो (एकदुई हप्ता भित्र नै) २५ दिनदेखि एक महिनासम्मका लागि ५ सदस्यीय टोली पोर्चुगल पठाइने र उक्त टोलीलाई दूतावासले संयोजन र निरीक्षण गर्ने जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...