News Portal

सोनाम ल्होछार कार्यक्रमका लागि कलाकार विश्व दोङ जनवरी ३१ मा कुवेत आउने

हिमालीसंचार संवाददाता
३३० पटक

कुवेत– नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको २८५९ ह्योइ ल्हो सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट अतिथी कलाकार विश्व दोङ आगामी ३१ तारिक मंगलबार कुवेत आइपुग्ने भएको छ।

गायक दोङ २२ तारिक तामाङ समाज युएइले आयोजना गरेको ल्होछार कार्यक्रम सम्पन्न गरि २७ तारिकमा नेपाल तामाङ घेदुङ बहानले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रम सम्पन्न गरि ३ फेब्रुअरीमा नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको सोनाम ल्होछार कार्यक्रममा आमन्त्रित अतिथी कलाकारको रूपमा कुवेत आउन लागेको हो।

उनको आगमनलाई भव्यताका साथ स्वागत गर्नका लागि ३१ तारिक बिहान ठिक ११ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित भैदिनुहुन कुवेतमा रहेका विभिन्न संघ संस्था, बुद्धिजीवी, पत्रकार तथा सबै नेपालिहरुलाई आयोजक कमिटिले अनुरोध गरेको छ।

गायन, संगीतकार एरेन्जर समेत गरेर नेपालमा सेलो बेसमा अत्यन्तै ब्यस्त रहेका गायक दोङ यसपालिको ल्होछारमा पनि सधैं जस्तै निक्कै ब्यस्त रहेको छ।
कुवेतमा ल्होछार कार्यक्रम सकेपश्चात भोलिपल्टको कार्यक्रमका लागि सोही दिन उनी नेपाल प्रस्थान गर्नेछन। उनको ४ फेब्रुअरीमा धादिङमा कार्यक्रम रहेको छ।

पछिल्लो समयमा युट्युब, टिकटक लगाएतका सामाजिक सञ्जालमा निक्कै चर्चामा रहेका माया भन्दा ठूलो जात होइन मलाई त त्यस्तो लाग्दैन, मायाले बाँधौँ तिमी र म समाजले केही गर्न सक्दैन।
कहाँ पर्‍यो घर ज्यान मैच्याङ चिनजान गरौंन जस्ता दर्जनौं गीतका गायक दोङको कुवेत भ्रमण यो नै पहिलो हो। यश पहिले सयौं जना नेपाली कलाकारजरुले कुवेतमा प्रस्तुती दिइसकेका छन। मतलव यहाँका दर्शकहरुले लगभग सबै जसो कलाकारहरुको प्रस्तुती चाखी सकेका छन। तर कुवेतका दर्शकहरुले उनलाई चाहिँ कति रुचाउने हो त्यो हेर्न भने बाँकी छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...