News Portal

रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले अप्रिल१४मा चर्चित कलाकारहरुको साथ दोस्रो अधिबेशन हुने

हिमालीसंचार संवाददाता
४६५ पटक

कुवेत– रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले दोस्रो अधिबेशनको अवसर पारेर  साँस्कृतिक   कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली नयाँ बर्ष २०८० को स्वागत गर्दै भब्य साँस्कृतिक कार्यक्रम नेपालका चर्चित अथिति  कलाकारहरुको साथ मनाउने भएकाे छ।

पन्चे बाजा समुहको शुक्रबार फर्वानियामा अध्यक्ष बाबु मल्ल ठकुरीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो।
आगामी  अप्रिल १४ मा सस्थाको दोस्रो अधिबेशन  नेपाली नयाँ बर्षको  स्वागत  नेपालबाट अतिथि कलाकारको साथमा गर्ने निर्णय गरेको हुदा उक्त दिन कुवेतमा रहेका नेपाली संघ सस्था ब्याक्ति बिशेष कसैले पनि अर्को कार्यक्रम नपारिदिनु हुन्  समेत संरक्षक बीबी मल्ल ठकुरीले सबैमा अनुरोध गरेका छन।

साथै अथिति कलाकारको बारेमा  कार्यक्रम हुने स्थान र समय केहि दिन पछि जानकारी गराउने  बताईएको छ।
पन्चे बाजा समुहले कुवेतमा हुने  हरेक साँस्कृतिक कार्यक्रमहरुमा पन्चे बाजा घन्काएर कुवेतबासी  नेपालीहरुलाई मनोरंजन प्रदान गर्दै नेपाल मै भएको अनुभूति दिलाउदै आएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...