News Portal

ट्राफिक नियम उल्लङ्घनबाट मात्रै तीन लाख राजश्व संकलन

हिमाली संचार संवाददाता
४८४ पटक

विराटनगर – प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट रु तीन लाख एक हजार राजश्व सङ्कलन गरिएको छ ।

प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीका अनुसार तीनदिनमा यस क्षेत्रमा दुई हजार सवारी साधनलाई मादक पदार्थ सेवन एवम् ट्राफिक नियम उल्लङ्घन गरी सवारी सञ्चालन गरेकामा कारवाही गरिएको जनाइएको छ ।

चाडपर्वका अवसरमा मापसे गरी सवारी साधन सञ्चालन गर्ने क्रम वृद्धि भई दुर्घटना हुने भएकाले सोको नियन्त्रणका लागि विभिन्न राजमार्ग तथा सहायक राजमार्ग क्षेत्रमा आकस्मिक जाँचलाई तीव्रता दिइएको ट्राफिक कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।

कारवाहीमा पर्नेमा मापसे गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरु रहेको बताइएको छ । प्रदेश नं १ मा दैनिक ट्राफिक नियम उल्लङ्घन र मापसे गरी सवारी साधन सञ्चालन गर्नेहरु दैनिक करीब ५०० छन् ।

प्रतिकृया दिनुहोस्

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...