News Portal

अख्तियारले वीपी प्रतिष्ठानको पुरानो इआरसिपी मेशिन खरिद प्रक्रिया सम्बन्धि छानवीन अघि बढायो

हिमालीसंचार संवाददाता
३१० पटक

धरान – धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको पुरानो इआरसिपी मेशिन तथा विधार्थी भर्ना शुल्क सम्बन्धि थप सुरक्षा अध्ययन गर्न अख्तियारको टोलीले छानविन शुरु गरेका छन्।

प्रतिष्ठानले खरिद गरेको इआरसिपी मेशिन एक पटक विग्रेर पुनःमर्मत गरी हाल चालु अबस्थामा रहेको छ। उक्त मेशिनले कलेजो, पित्त थैली, पित्त नली र प्यानक्रियाज जस्ता सम्बेदनशिल अंगहरुको भित्रीभाग हेर्न र उपचार गर्ने र समस्याहरुको निदान उपचारका लागि सहज हुन्छ। उक्त पुरानो इआरसिपी मेशिनको अभिलेख लिएर अख्तियारको टोलीले छानविन अधि बढाएको हो। 

पुर्वाञ्चल इटहरीस्थित अख्तियारको टोली धरान स्थित वीपी प्रतिष्ठान आएर इआरसिपी मेशिनको आवश्यक कागज, मेशिनको निरीक्षण गरेका श्रोतले बतायो। उनीहरु हिजो बुधबार अपह्रन्न २ बजेको समयमा प्रतिष्ठान आएको समेत जानकारी दिए। 

प्रतिष्ठान स्रोतका अनुसार अख्तियारको टोलीले इआरसिपी मेशिनको विवरण, विगत ५ बर्षको आयव्ययको विवरण र विधार्थी भर्ना शुल्कको विवरण अख्तियारको टोलीले लिएर गएको बताए। 

अख्तियार अनुसन्धान अधिकृतका अनुसार वीपी प्रतिष्ठानको इआरसिपी मेशिन सम्बन्धमा उजुरी आएको हुनाले थप सुक्ष अध्ययन गर्नु पर्ने भएकाले वीपी प्रतिष्ठान आएको बताए। यस विषयमा पहिलादेखि छानविन चलिरहेको हुनाले थप अध्ययन तथा अन्य आवश्यक विवरण लिनुपर्ने भएकाले आएको बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...