News Portal

पत्रकार शैलेन्द्र महतोविरुद्ध जथाभावी लेख्ने स्वास्थ्यकर्मीले मागे माफी

हिमालीसंचार संवाददाता
२५६ पटक

जनकपुरधाम। समाचार लेखेको निहुमा पत्रकारका विषयमा सामाजिक सञ्जालमा जथाभावी लेख्ने स्वास्थ्यकर्मीले माफी मागेका छन्।

धनुषाको बटेश्वर गाउँपालिकामा कार्यरत सिनियर अहेब महेश कुमार साहले जिल्ला प्रहरी कार्यालय धनुषामा अनलाइनखबर डटकमका पत्रकार शैलेन्द्र महतोसँग माफी मागेका हुन्।

स्वास्थ्यकर्मी साहले आफ्नो चरित्रहत्या हुने गरी सामाजिक सञ्जालमा जथाभावी आरोप लगाएर तस्वीरसहित पोस्ट राखेको भन्दै पत्रकार महतोले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले स्वास्थ्यकर्मी साहलाई बुधबार बोलाएको थियो।

त्यसक्रममा स्वास्थ्यकर्मी साहले आफूले आवेशमा आएर जथाभावी लेख्नु आफ्नो गम्भीर गल्ती भएको स्पवकारेका छन्। उनले आउँदा दिनमा यस्तो गल्ती नदोहोरिने प्रतिवद्धता जनाएका छन्।

स्वास्थ्यकर्मी साह ११ महिनादेखि तोकेको ठाउँमा नगई बटेश्वर गाउँपालिका कार्यालयमा हाजिर गरिरहेको समाचार अनलाइनखबरमा प्रकाशित भएको थियो। समाचार प्रकाशन भएपछि स्वास्थ्यकर्मी साहले पत्रकारविरुद्ध फेसबुकमा लेखेका थिए।

प्रतिकृया दिनुहोस्

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...