News Portal

धरानको देउरालीमा अतिक्रमण गरी निर्माण गरिएको पक्की घर नगरले भत्कायो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३३५ पटक

धरान। धरान उपमहानगरपालिकाको धरान- ५ स्थित देउरालीमा आज बिहान सार्वजनिक ऐलानी अधेरी खोला किनारको छेउमा बनेको पक्की घर नगरपालिकाले भत्काइएको छ।

उपमहानगरपालिका धरान-५ को खारखोला र अधेरीखोलाको संगम स्थल धरान उपमहानगरपालिकाले बहुजातिय रंगशाला बनाउने निर्णय गरेको क्षेत्रमा एक तले पक्की घर निर्माण गरिएको थियो। उक्त सार्वजनिक जग्गा अतिक्रमण गरी घर निर्माण गरिएको भन्दै धरान उपमहानगरपालिकाले पटक पटक नबनाउन आग्रह गर्दागर्दै पत्राचारसमेत गरेको थियो। तर, पनी अटेर गरी घर निर्माण गरेको पक्की घर आज नगरपालिकाको डोजरले भत्काएको छ।

सार्वजनिक एलानी जग्गामा मुना चौधरी लिम्बुले सार्वजनिक जग्गा अतिक्रमण गरी एकतले पक्की घर निर्माण गरेको भन्दै नगरपालिकाले आज बिहान नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी ठुलो संख्यमा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर उक्क पक्की घर भत्काएको हो।

उक्त घर भत्काउने क्रममा स्थानीय र सुरक्षाकर्मीबीच दोहोरो झडप समेत भएको थियो। दोहोरो झडप हुँदा धरान उपमहानगरपालिकाको डोजरमा क्षति पुगेको छ। स्थानीयले डोजरको सिसा फुटाएका छन्। सामान्य घाइते बाहेक ठुलो मानविय क्षति भएका छैन।

धरान उपमहानगरपालिकाले संरक्षण गरी बहुजातिय रंगशाला निर्माण गर्ने भनिएको स्थानमा अनधिकृत बसोबास बस्न थालेकोपछि नगरले पटक पटक आग्रह गर्दा पनि अटेर गरेर घर निर्माण सम्पन्न गरेकोले भत्काउनुपरेको धरान उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले हिमालीसंचारडटकमसंगको कुराकानीमा बताए।

पछिल्लो समय धरानमा एलानीपट्टी एवम् प्रकारले सार्वजनिक जग्गा अतिक्रमण गर्ने कार्य तीव्र गतिमा बढिरहेकोले धरान उपमहानगरपालिका धरानले नया संरचना र बस्ति अतिक्रमण गर्ने विरुद्ध एक्सनमा उत्रिएको हो।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...