News Portal

“काया संगसंगै, छायाको यात्रा” – डा.सुमाया राई

हिमालीसंचार संवाददाता
३४९ पटक

काया संगसंगै
छायाको यात्रा त !
अकस्मात् टुँगि जाँदो रै छ !
कस्लाई थाहा हुन्छ र ?

थाहा हुने भए त !
किन हुन्थ्यो हतार ?
किन हुन्थ्यो लोभ ?
किन हुन्थ्यो डाह ?

निमेष मात्रको अन्तर
दृश्य बदलि जाने खेलमा
परेली झिम्किन नपाउँदै
सृष्टिले गरी जाने झेलमा !

चल्ने होला आरोप प्रत्यारोप !
को होला दोषी ? कसले भन्ने ??
त्यसपछि तैं चुप ! मैं चुप !!
अपराधबोधको गाँठों कसले खोल्ने ?

देश बिकास बनाम म ! बिकास
बिकासे दौड़मा सबै प्रतियोगी !
हाम्रो लेखन्त यस्तै रहेछ भन्दै
मन बुझाई लाने हो कि ???

डा. सुमाया राई
पूर्व अध्यक्ष किरात राई यायोक्खा केन्द्रिय कार्य समिति काठमाडौ, नेपाल (हाल बेलायत)

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...