News Portal

नेपाली परोपकार समाज कुवेतकाे दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न

हिमालीसंचार संवाददाता
४५१ पटक

कुवेत— नेपाली परोपकार समाजकाे (NFH) हिजाे जनवरी १९ बिहिबार दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा बिहिबार एक कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ   समाजका  अध्यक्ष धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  नेपाली दुताबास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारी प्रमुख अथिति रहेका थिए ।

आफ्नो शुभकामना मन्तब्य दिदै प्रमुख अथिति राजदूत भण्डारीले   कार्यक्रममा संस्थाको नामै परोपकारी भएकोले काम पनि उत्तिकै राम्रो गरेको रहेछ भन्दै सस्थाको  खुलेर नै प्रशंसा गरेका थिए साथै  परोपकारी संस्थाहरुले गर्दै आएको सकारात्मक कार्यमा  नेपाली दूतावास कुवेतकाे सधै साथ र सहयोग रहने समेत बताए।

त्यसैगरि  कार्यक्रममा   गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्षमा उमेस पुडासैनी,  माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष आनन्द श्रेष्ठ नेपाल पत्रकार महासंघ  बैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थी, हिमाली संचारका  हरि बानियाले  शुभकामना मन्तब्य राखेका  थिए।कुवेत र नेपालबाट एकैसाथ कार्यक्रम  शुरु भएको थियाे।

अथितिहरुको  मन्तव्यबाट स्वागत  लक्ष्मी प्रधान र कार्यक्रम संचालन महासचिव कृष्णबहादुर भुजेलले गरेका थिए । भने  सस्थाको गतिबिधिकाे बारे   कोषाध्यक्ष कृष्ण बहादुर हमाल र गकुल महतले जानकारी गराएका  थिए। परोपकारी समाजमा आवद्द हुनुको कारण बारेमा सदस्य  गङ्गा भट्टराई सुबेदीले प्रस्ट पारेकी थिइन्।
नेपाली परोपकार समाज कवेतले नेपाली दुतवास कुवेतका महामहिम दुर्गाप्रसाद भण्डारीलाई मायाेकाे चिनाे मायाको चिनोस्वरुप गौतम बुद्धको मूर्ति प्रदान गरेको थियो। सस्थाका  सदस्यहरुमा केन्द्रित  लक्की ड्रको भाग्यमानि बिजेता आनन्द तेन्डुलकार बनेका थिए। सस्थामा आबद् सदस्यहरुलाई  बार्षिक बोनस समेत वितरण गरिएको थियो।

कोभिड १९ को महामारीले विश्व आतंकित भईरहेको बेला प्रवासमा बस्ने धेरै नेपाली दाजुभाई दिदीबहिनिहरु पनि सो प्रकोपबाट ग्रसित भईरको अवस्थामा कुवेतमा रहनुभएका प्रवासी नेपाली परोपकारी मनहरु मिलेर नेपाली परोपकार समाज सन् २०२० मा कुवेतमा धिरेन्द्र राज सुवेदीको अध्यक्षतामा स्थापना भएको हो।

नेपाल, कुवेत, साउदी र केही युरोपियन देशमा कार्यरत नेपाली दाजुभाईहरु मिलेर आफ्नो सिप र कला र आर्जनलाई आफ्नै देशमै लगानी गर्ने र तेसबाट आएको मुनाफाको हिष्सालाई मानव परोपकार कार्यमा लगाउने उदेश्यले स्थापना भएको सो समाजले परोपकार कार्यमा ठुलो योगदान दिदै आईरहेको बताए।

प्रवासमा अलपत्र परेका आफ्ना नेपाली नागरिकहरुको उद्दार र राहत कार्यहरुमा नेपाली दुतवास गैरआवशिय नेपाली संघ र कुवेतमा विध्यमान बिभिन्न संघसंथाहरुसंग सहकार्य गर्दै परोपकारी कार्यमा टेवा दिदै आईरहेको छ।
हाल कुवेत नेपाल र युरोपियन देशमा कार्यरत २०० भन्दा बढी नेपालीहरु समाजसंग आवद्द छन्। भविष्यमा सिपमुलक प्रवासी नेपालीहरुको शिप र लगानीमा स्वदेशमै उद्योग कलकारखाना र आयमुलक व्यावसाय गर्ने र विदेशबाट फर्कने दाजुभाई दिदीबहिनिहरुलाई स्वदेशमै रोजगारको अवसर प्रदान गर्ने उदेश्य लिएको छ।                                                     

कार्यक्रमको अन्तमा संस्थाको अध्यक्ष धिरेन्द्र राज सुवेदीले कार्यक्रम समापन गरेका थिए।कार्यक्रममा उपस्थिति सबैजनालाई खानपिनको व्यवस्था समेत गरिएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...