News Portal

तामाङ घेदुङ कुवेतले ३ फेब्रुअरीमा साेनाम ल्होछार मनाउने  

हिमालीसंचार संवाददाता
५९४ पटक

कुवेत –  कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मवलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथी कलाकारको साथमा आगामी ३ फेब्रुअरीको दिन हुने भएको छ। नेपाल तामाङ घेदुङ कुवेतले अतिथी कलाकार विश्व दोङ सहित मन्जुश्री संवत् २८५९ तावार ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको तयारीमा जुटेको कार्यक्रमका संयोजक संस्कृति घेदुङका अध्यक्ष हिमाल लामाले बताए।

सोमान ल्होछार रमाइलो गर्नका लागि मात्र नभई तामाङ जातिले तामाङ भाषा, संस्कार संस्कृति, भेषभुषा संरक्षण गर्दै भाबी पुस्तालाइ ती कुराहरु हस्तान्तरण गर्ने अभियानको रुपमा पनि मनाउने गरेको छ। पछिल्लो समयमा ल्होछारलाई भड्किलो बनाउने विभिन्न पश्चिमा संस्कृती मिसावट गर्ने जस्ता कुराहरुलाई पन्छाउँदै विशुद्ध तामाङ जातिको चेतनात्मक, शैक्षिक, राजनैनिक र सामाजिक बिकासको समेत अभियानको रुपमा सोनाम ल्होछार मनाउने गरिएको पाइन्छ।

अझ यसपटक त नेपाल तामाङ घेदुङले संघीय कार्यलय खरिद गर्ने अभियान नै बनाएको छ। त्यसैले यसपालिको ल्होछारको नारा “सोनाम ल्होछार-२८५९ लाई भव्य रुपले सफल पारौँ, ग्रेन गे दिम खरिदको आर्थिक अभियानलाई पूरा गरौं” राखिएको छ।

खास गरेर ल्होछारलाई पनि तीन भागमा विभाजन गरेर मनाइएको पाइन्छ। गुरुङ जातिले “तोला” अर्थात तमु ल्होछार मनाउँछन। तामाङहरुले सोनाम ल्होछार र शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउने गरेको पाइन्छ।

१२ बर्षलाइ १२ जीव जन्तुद्वारा संकेत गर्दै हरेक बर्ष एक जीव (वर्ग)बाट अर्को वर्गमा सार्दै त्यसैलाइ नयाँ बर्षको रुपमा मनाउने चाड हो ल्होछार। यसलाइ धेरैले ल्हो भनेको वर्ग अर्थात बर्ष र छार भनेको नयाँ अर्थात नयाँ बर्ष भनेर पनि सम्बोधन गर्ने गरेको पाइन्छ। तर गुरुङ समुदायमा ल्होसार भन्ने गरिन्छ। ल्हो भनेको वर्ग र सार भनेको सार्नु ल्हो लाई अर्को ल्होमा सार्नु भन्ने अर्थमा गुरुङ जातिले मनाउने गरेको छ।

यसपालिको तवार ल्हो सोनाम ल्होछारलाई विशेष बनाउन नेपालबाट अतित्जी कलाकारको रुपमा अहिले टिकटक तथा युट्युबमा निक्कै चर्चित गीत “माया भन्दा ठूलो जात होइन, मलाइ त त्यस्तो लाग्दैन।

मायाले बाधौँ तिमि र म समाजले केही गर्न सक्दैन।” लगाएत अन्य अत्यन्तै चर्चित गीतका गायक सर्जक विश्व दोङ लाई कुवेतमा आमन्त्रण गरेको छ। उनले गीतबाटै समाजलाई छुवाछूत, सामन्त तथा भेदभाव मुक्त बनाउनुपर्ने शन्देश दिइरहेका हुन्छन। आगामी ३ फेब्रुअरीका दिन कुवेतमा रहनुहुने सबै नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्तिथित हुनुभई भरपुर मनोरञ्जन लिनुहुन आयोजक कमिटिले हार्दिक अनुरोध गरेका छन।

        कार्यक्रम हुने:

स्थान : सेन्ट्राल इङ्लिश स्कुल जिलिव, कुवेत
समय : बिहान ११ बजे
मिति : २०२३ फेब्रुअरी ३ तारीख।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...