News Portal

  • तामाङ घेदुङ कुवेतले ३ फेब्रुअरीमा साेनाम ल्होछार मनाउने  

    हिमालीसंचार संवाददाता
    ४४० पटक

    कुवेत –  कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मवलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथी कलाकारको साथमा आगामी ३ फेब्रुअरीको दिन हुने भएको छ। नेपाल तामाङ घेदुङ कुवेतले अतिथी कलाकार विश्व दोङ सहित मन्जुश्री संवत् २८५९ तावार ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको तयारीमा जुटेको कार्यक्रमका संयोजक संस्कृति घेदुङका अध्यक्ष हिमाल लामाले बताए।

    सोमान ल्होछार रमाइलो गर्नका लागि मात्र नभई तामाङ जातिले तामाङ भाषा, संस्कार संस्कृति, भेषभुषा संरक्षण गर्दै भाबी पुस्तालाइ ती कुराहरु हस्तान्तरण गर्ने अभियानको रुपमा पनि मनाउने गरेको छ। पछिल्लो समयमा ल्होछारलाई भड्किलो बनाउने विभिन्न पश्चिमा संस्कृती मिसावट गर्ने जस्ता कुराहरुलाई पन्छाउँदै विशुद्ध तामाङ जातिको चेतनात्मक, शैक्षिक, राजनैनिक र सामाजिक बिकासको समेत अभियानको रुपमा सोनाम ल्होछार मनाउने गरिएको पाइन्छ।

    अझ यसपटक त नेपाल तामाङ घेदुङले संघीय कार्यलय खरिद गर्ने अभियान नै बनाएको छ। त्यसैले यसपालिको ल्होछारको नारा “सोनाम ल्होछार-२८५९ लाई भव्य रुपले सफल पारौँ, ग्रेन गे दिम खरिदको आर्थिक अभियानलाई पूरा गरौं” राखिएको छ।

    खास गरेर ल्होछारलाई पनि तीन भागमा विभाजन गरेर मनाइएको पाइन्छ। गुरुङ जातिले “तोला” अर्थात तमु ल्होछार मनाउँछन। तामाङहरुले सोनाम ल्होछार र शेर्पा समुदायले ग्याल्पो ल्होछार मनाउने गरेको पाइन्छ।

    १२ बर्षलाइ १२ जीव जन्तुद्वारा संकेत गर्दै हरेक बर्ष एक जीव (वर्ग)बाट अर्को वर्गमा सार्दै त्यसैलाइ नयाँ बर्षको रुपमा मनाउने चाड हो ल्होछार। यसलाइ धेरैले ल्हो भनेको वर्ग अर्थात बर्ष र छार भनेको नयाँ अर्थात नयाँ बर्ष भनेर पनि सम्बोधन गर्ने गरेको पाइन्छ। तर गुरुङ समुदायमा ल्होसार भन्ने गरिन्छ। ल्हो भनेको वर्ग र सार भनेको सार्नु ल्हो लाई अर्को ल्होमा सार्नु भन्ने अर्थमा गुरुङ जातिले मनाउने गरेको छ।

    यसपालिको तवार ल्हो सोनाम ल्होछारलाई विशेष बनाउन नेपालबाट अतित्जी कलाकारको रुपमा अहिले टिकटक तथा युट्युबमा निक्कै चर्चित गीत “माया भन्दा ठूलो जात होइन, मलाइ त त्यस्तो लाग्दैन।

    मायाले बाधौँ तिमि र म समाजले केही गर्न सक्दैन।” लगाएत अन्य अत्यन्तै चर्चित गीतका गायक सर्जक विश्व दोङ लाई कुवेतमा आमन्त्रण गरेको छ। उनले गीतबाटै समाजलाई छुवाछूत, सामन्त तथा भेदभाव मुक्त बनाउनुपर्ने शन्देश दिइरहेका हुन्छन। आगामी ३ फेब्रुअरीका दिन कुवेतमा रहनुहुने सबै नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ उपस्तिथित हुनुभई भरपुर मनोरञ्जन लिनुहुन आयोजक कमिटिले हार्दिक अनुरोध गरेका छन।

            कार्यक्रम हुने:

    स्थान : सेन्ट्राल इङ्लिश स्कुल जिलिव, कुवेत
    समय : बिहान ११ बजे
    मिति : २०२३ फेब्रुअरी ३ तारीख।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...