News Portal

नेेपाल कुवेत सांस्कृतिक मन्चको पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन

हिमालीसंचार संवाददाता
३४७ पटक

कुवेत– नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन  २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ।

बिबिध समस्या अर्थात् प्राबिधिक कारण  जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको  दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द बरालले तितोपाटीलाई जानकारी दिएका छन।
पुर्व घोषित मिति परिवर्तनले पर्न गएको  समस्या प्रति नेपाली संघ सस्था समाजसेवी बुद्दिजिबी खेलाडी कलाकार पत्रकार लगायत कुवेत कार्यरत नेपाली दाजुभाई दिदीबहिनी,सबै सँग आयोजक सस्थाको तर्फबाट अध्यक्ष बरालले क्षमा समेत मागेका छन।

“हाम्रो संस्कृति–हाम्रो पहिचान” भन्ने मुल नाराका साथ २०६६ सालमा स्थापना भएको सास्कृतिक मन्चले बिगतका वर्षहरुमा कला तथा संस्कृति जोगाऊन रितिरिवाज र परम्परालाई यथास्थितिमा राख्न आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै कुवेतका नेपाली संघ संस्थाहरुसंग हातेमालो गर्दै आएको छ।

नेपाल कुवेत सांस्कृतिक मन्चको १४ औं वार्षिकोत्सब तथा २१ औं सास्कृतिक कार्यक्रमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मन्च अध्यक्ष् गोबिन्द बरालले बताउदै  उक्त मितिमा कुनै पनि कार्यक्रम न जुधाइदिनु हुन अनुरोध अनुरोध समेत गरेका  छन।

कार्यक्रम:-१४ औं वार्षिकोत्सब तथा २१ औं सांस्कृतिक कार्यक्रम

स्थान :-जिलिप स्थित पपिन्स हल

मिति :-मार्च १० तारिख, शुक्रबार

आयोजक :- नेपाल कुवेत सास्कृतिक मन्च

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...