
कुवेत– नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतद्वारा आयोजित कार्यक्रममा लोकप्रिय हास्य कलाकार तक्मे बुढा विल्सन बिक्रम राई र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो।
आज कुवेतको जिलिव्स्थित सेन्ट्राल इङ्लिश स्कुलको प्राङ्गणमा प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ कुवेतले संस्थाको छैटौं वार्षिकोत्सव तथा सांगितिक धमाका-२०२३ का लागि नेपालबाट अतिथी कलाकारको रुपमा बहुचर्चित कलाकार द्वय विल्सन बिक्रम राई र लोक गायक प्रकाश सपुतद्वारा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सभापति चन्द्र पाख्रीना र प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी रहेको सो कार्यक्रम सुजन घिसिङ र रोशन राइले सामुहिक रुपमा सञ्चालन गरेका थिए।
कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने भनेपनि २ पछि पछिबाट मात्रै कार्यक्रम सुरु भएको थियो।
कार्यक्रममा उपस्थिति सम्पूर्णलाई भूमिराज राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिएभने कार्यक्रममा कार्यक्रममा शुभकामना मन्तब्य दिनेमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नवराज पन्थी जजिरा प्रतिनिधि सुजन केसी जनजातिमा महासंघ अमृत तमाङ एनआरएनए कुबेतका आईसीसी सदस्य हरि लावती एनआरएनए अध्यक्ष रणध्वज लामा ऐमबासटर सुपरमार्केटका प्रतिनिधिले शुभकामना दिएका थिए।

कुवेतमा हुने हरेक सांगीतिक कार्यक्रममा भन्दा नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतकाे कार्यक्रममा नेपालीहरूको अत्याधिक उपस्थिति भएको देखिन्थ्यो।
दर्शकहरुको भिँडलाई तक्मे बुढाले हसाउदै थिए। उता प्रकाश सपुतले लगभग एक दर्जन जति गीत गाएर दर्शकहरुलाइ झुमाएका थिए।
नेपाली दर्शकले रुचाएका हास्य कलाकार तक्मे बुढा र गायक प्रकाश सपुत अाएकै कारणले दर्शक अत्याधिक भिड देखिन्थ्यो भने त्यो भिडलाई देखेर नेपालवाट आएका ख्यातिप्राप्त हास्यकलाकार र गायकले दर्शकलाई आफ्नो प्रस्तुती दिदै रमाउदै थिए।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
