News Portal

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतकाे सांगीतिक धमाका सम्पन्न (फोटोफिचर सहित)

हिमालीसंचार संवाददाता
२७६ पटक

कुवेत– नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतद्वारा आयोजित कार्यक्रममा लोकप्रिय हास्य कलाकार तक्मे बुढा विल्सन बिक्रम राई र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो।

आज कुवेतको जिलिव्स्थित सेन्ट्राल इङ्लिश स्कुलको प्राङ्गणमा प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ कुवेतले संस्थाको छैटौं वार्षिकोत्सव तथा सांगितिक धमाका-२०२३ का लागि नेपालबाट अतिथी कलाकारको रुपमा बहुचर्चित कलाकार द्वय विल्सन बिक्रम राई र लोक गायक प्रकाश सपुतद्वारा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सभापति चन्द्र पाख्रीना र प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भन्डारी रहेको सो कार्यक्रम सुजन घिसिङ र रोशन राइले सामुहिक रुपमा सञ्चालन गरेका थिए।
कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने भनेपनि २ पछि पछिबाट मात्रै कार्यक्रम सुरु भएको थियो।

कार्यक्रममा उपस्थिति सम्पूर्णलाई भूमिराज राईले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिएभने कार्यक्रममा कार्यक्रममा शुभकामना  मन्तब्य दिनेमा नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष नवराज पन्थी जजिरा प्रतिनिधि सुजन केसी जनजातिमा महासंघ अमृत तमाङ एनआरएनए कुबेतका आईसीसी सदस्य हरि लावती एनआरएनए अध्यक्ष रणध्वज लामा ऐमबासटर सुपरमार्केटका प्रतिनिधिले शुभकामना दिएका थिए।                                                           

कुवेतमा हुने हरेक सांगीतिक कार्यक्रममा भन्दा नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतकाे कार्यक्रममा नेपालीहरूको अत्याधिक उपस्थिति भएको देखिन्थ्यो।
दर्शकहरुको भिँडलाई तक्मे बुढाले हसाउदै थिए। उता प्रकाश सपुतले लगभग एक दर्जन जति गीत गाएर दर्शकहरुलाइ झुमाएका थिए।

नेपाली दर्शकले रुचाएका हास्य कलाकार तक्मे बुढा र गायक प्रकाश सपुत अाएकै कारणले दर्शक अत्याधिक भिड देखिन्थ्यो भने त्यो भिडलाई देखेर नेपालवाट आएका ख्यातिप्राप्त हास्यकलाकार र गायकले दर्शकलाई आफ्नो प्रस्तुती दिदै रमाउदै थिए।

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...