News Portal

तमू प्ये ल्हु संघ कुवेतले तमू (ह्युई ल्हो) ल्होसार भब्य रुपमा मनाईयो

हिमालीसंचार संवाददाता
५६५ पटक

कुवेत – प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु।”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको अस्तित्व नै हराउँछ।
भन्ने मूल नाराका साथ स्थापना भएको तमू प्ये ल्हु संघ कुवेतले गुरुङ समुदायहरुको महान पर्व तमु (ह्युई ल्हो) ल्होसार हिजो जनवरी ६ तारिक कुवेतको महाबुल्ला स्थित कलिकट लाईफ अडीटोरीअम हलमा विविध सॉंस्कृतिक कार्यक्रमका साथ मनाए।

संस्थाका अध्यक्ष ईन्द्र तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा आदिवासी जनजाती महासंघ कुवेतका माहसचिब मन्जित चाम्लिङ राईको प्रमुख अतिथि थिए। अतिथिहरुमा तमू समाजका अध्यक्ष राजु तमू,तमू समाज कुबेतका बरिष्ट सल्लाहाकारहरु अमर तमू,खोप तमू, पत्रकारमहासघका सचिब चन्द्र गोतामे,कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, खेलाडी, कलाकार,व्यवसायी, लगायत उल्लेख्य संख्यामा कुवेतवासि नेपालीहरुको उपस्थिती रहेको थियो।

 

विशेष तमू (ह्युई ल्हो) ल्होसार कार्यक्रमलाई संस्थाको कलाकार अमन तमूले सञ्चालन गरेका थिए। भने संस्थाको सल्ल्हाकार लील तमूले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए।

त्यसै गरि कार्यक्रममा नेपालको राष्ट्रिय गीत र तमू राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। तमू ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान कार्यक्रमा प्रमुख अतिथि,माहासचिब मन्जित चाम्लिङ राई,तमू समाजका अध्यक्ष राजु तमू पत्रकार महासघका सचिब चन्द्र गोतामे,लगयतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

 

तमु समुदायको सस्कार अनुसार पच्यु गुरुबाट पूजा पाठ गर्दै संयुक्त रुपमा रुपा -रिपा) मन्तार्दै तो ल्हो (बाघ) बर्ग लाई बिदाई गर्दै ह्युई ल्हो (बिरालो) बर्ग लाई स्वागत गरी आफ्नो बिधी अनुसार क्रमश ब्यक्तिहरुलाई रिपा लगाई वहाँहरुको आउने दिनको शुख शान्तिको कामना गर्दै स्याइ स्याइ गरेका थिए। तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो।

कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम संस्था को कलाकार भाई बहिनी हरु को प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो।

कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन व्यवस्था गरिएको थियो।
अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष ईन्द्र तमूले कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, पत्रकार, तथा कार्यक्रम उपस्थित सबैलाई बिशेष धन्यवाद ब्यक्त गरे।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...