News Portal

कुवेत आइपुगे गायक प्रकाश सपुत र हस्यकलाकार तक्मेबुढा

हिमालीसंचार संवाददाता
५७५ पटक

कुवेत सिटी। नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले भोली शुक्रबार आयोजना गर्न गईरहेको अंग्रेजी नयाँ वर्ष सांगीतिक धमाका तथा छैटाैं वार्षिक उत्सव कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारहरु बहुचर्चित गायक प्रकाश सपुत र हास्यकलाकार विल्सन बिक्रम राई(तक्मेबुढा) आज बिहीबार बिहान स्थानीय समय अनुसार ५:३० बजे आईपुगे।

भोलि शुक्रबारका जीलिबको सेन्ट्रल इङलिस स्कुलको हलमा आफ्नो प्रस्तुति दिने छन।

कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा उनिहरुको स्वागतार्थको लागि नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतका पदाधिकारीलगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका प्रतिनिधिसहित पत्रकारहरुको उपस्थिति रहेको थियो।

कलाकारद्वय प्रकाश सपूत र हास्यकलाकार तक्मेबुढाको आगमनमा कुवेतमा कृयाशिल संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुले पुष्पगुच्चा र खादा ओढाएर भब्य स्वागत गरिएको थियो।

कार्यक्रमको विवरण:

मिति : ६ जनवरी, २०२३ शुक्रबार

समय : बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म।

स्थान : सेन्ट्रल इङलिस स्कुल जीलिब अलसुयोख एनबीके बैंकको अगाडि।

आयोजक : नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...