News Portal

पोर्चुगल पुगेको डेढ महिना नपुग्दै अस्ताए नवीन आचार्य

हिमालीसंचार संवाददाता
६०७ पटक

लिस्बोन। पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ। राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो।

उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए। उनी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न.१२ मा जन्मिएको खुलेको छ।

त्यस्तै उनी पछिल्लो समय काठमाडौंको तार्केश्वर नगरपालिकाको वडा नम्बर ११ नेपालटारमा स्थायी रुपमा बसोबास गर्दै आएका थिए।

गैरआवासीय नेपाली संघ पोर्चुगलले आचार्यको निधनप्रति श्रद्धान्जली अर्पण गरेको छ। नेपाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष राजकुमार थापाका अनुसार परिवारको आग्रहमा आचार्यको शव नेपाल पठाउन लागिएको हो।

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...