पोर्चुगल पुगेको डेढ महिना नपुग्दै अस्ताए नवीन आचार्य

लिस्बोन। पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ। राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो।
उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए। उनी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न.१२ मा जन्मिएको खुलेको छ।
त्यस्तै उनी पछिल्लो समय काठमाडौंको तार्केश्वर नगरपालिकाको वडा नम्बर ११ नेपालटारमा स्थायी रुपमा बसोबास गर्दै आएका थिए।
गैरआवासीय नेपाली संघ पोर्चुगलले आचार्यको निधनप्रति श्रद्धान्जली अर्पण गरेको छ। नेपाल पत्रकार महासंघ यूरोपका उपाध्यक्ष राजकुमार थापाका अनुसार परिवारको आग्रहमा आचार्यको शव नेपाल पठाउन लागिएको हो।

















