आज : २०२६-०९-०६, आइतबार

कुवेतबाट सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला

कुवेत – कुवेत सरकारले सन् २०२२ मा ३० हजार आप्रवासीहरुलाई देश निकाला (डिपोर्ट) गरेको छ ।

कुवेतको आन्तरिक मन्त्रालयका अनुसार, आप्रवासीहरूलाई गरैकानूनी कार्य, आपराधिक मुद्दा र दुराचारमा संलग्न भएको कारणले देश निकाला गरिएको हो।

कुवेत सरकारले १७ हजार पुरुष र १३ हजार महिलालाई देश निकाला गरेको छ । देश निकालामा परेका १७ हजार पुरुष मध्ये सबै भन्दा बढी ६ हजार ४ सय भारतीय नागरिक रहेका छन । त्यसैगरी ३ हजार ५ सय बंगलादेश र ३ हजार इजिप्टका र अन्य देशका रहेका छन् ।

त्यसैगरी देश निकाला हुने महिलाको कुल संख्या १३ हजार मध्य धेरैजसो फिलिपिन्स ३ हजार, २६ सय श्रीलंकाली, १ हजार ७ सय भारतीय, १ हजार ४ सय इथोपिया र अन्य देशका रहेका छन् ।

कुवेतमा आपराधिक मुद्दा, गैरकानूनी कार्य मदिरा उत्पादन , लागूऔषध ओसारपसार, बेचबिखन र अन्य अनैतिक कार्यमा सङ्लग्न हुने आप्रवासी देश निकाला भई सके पश्चात् पुनः कुवेत फर्किन पाउने छैन।