News Portal

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

हिमालीसंचार संवाददाता
२५३ पटक

कृष्णमणि बराल,
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डले अंग्रेजी नयाँ वर्षमा आइतबार उद्घाटन गर्ने कार्यक्रम छ।

अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन र उद्घाटनका लागि सबै तयारी पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बिक्रम गौतमले बताए।

उद्घाटन समारोहमा कार्यक्रम नागरिक उड्डयन प्राधिकरणले गर्ने तथा जनसहभागिता र प्रचारप्रसारको जिम्मा पोखरा महानगरपालिकाले लिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

करिब पाँच दशकदेखिको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने सपना पुरा भएको दिनलाई विशेष बनाउन महानगरले सार्वजनिक बिदा दिने भएको छ।

कार्यक्रममा विमानस्थल निर्माणका लागि सुरुवाती चरणमा जमिन अधिग्रहण गर्न महत्वपूर्ण भूमिका खेलेका विमानस्थल निर्माणका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने मेयर आचार्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...