News Portal

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

हिमालीसंचार संवाददाता
२९९ पटक

कृष्णमणि बराल,
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्‍डले अंग्रेजी नयाँ वर्षमा आइतबार उद्घाटन गर्ने कार्यक्रम छ।

अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन र उद्घाटनका लागि सबै तयारी पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बिक्रम गौतमले बताए।

उद्घाटन समारोहमा कार्यक्रम नागरिक उड्डयन प्राधिकरणले गर्ने तथा जनसहभागिता र प्रचारप्रसारको जिम्मा पोखरा महानगरपालिकाले लिएको महानगर प्रमुख धनराज आचार्यले बताए।

करिब पाँच दशकदेखिको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने सपना पुरा भएको दिनलाई विशेष बनाउन महानगरले सार्वजनिक बिदा दिने भएको छ।

कार्यक्रममा विमानस्थल निर्माणका लागि सुरुवाती चरणमा जमिन अधिग्रहण गर्न महत्वपूर्ण भूमिका खेलेका विमानस्थल निर्माणका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने मेयर आचार्यले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...