News Portal

  • कुबेतमा तमू (गुरुङहरु)ले भब्यरुपमा तमू ल्होसार मनाए

    हिमालीसंचार संवाददाता
    २६२ पटक

    कुबेत-तमू (गुरुङ) हरुको महान तथा राष्ट्रिय पर्व तमू (हि ल्हो ल्होसार) कार्यक्रम हिजो डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन तमू समाज कुबेतले कुवेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद,मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न भयाे।  अध्यक्ष राजु तमूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदूत दुर्गाप्रसाद भण्डारीको प्रमुख अतिथि थियाे। कार्यक्रमा प्रमुख अतिथिलाई तमूहरुको मौलिक परम्परा अनुसार फेटा खादा लगाई दिई सम्मान गरेका थिए।

    प्रमुख अतिथिबाट द्विप प्रज्वलित गरी कार्यक्रमको बिधिवत उद्घाटन गरिएको थियो। तमू समाज कुबेतको आयोजनामा सम्पन्न यस वर्षको (हि ल्हो) ल्होसार तथा स्यों कै कार्यक्रम २०७९ मा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका अध्यक्ष प्रतिनिधि,पत्रकार, लगायत उल्लेख्य संख्यामा कुवेतबासी नेपालीहरुको उपस्थिती रहेको सम्पन्न ल्होसार विशेष कार्यक्रम लाई समाजको प्रथम उपाध्यक्ष याम तमू र उपाध्यक्ष रन्जान तमुस्योले संयुक्तरुपमा सञ्चालन गरेका थिए।समाजका माहा सचिब सुरेश तमूले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए।

    त्यसै गरि कार्यक्रममा नेपालको राष्ट्रिय गीत र तमू राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। तमू ल्हाेसार बिशेष शुभ कामना आदान प्रदान कार्यक्रमा प्रमुख अतिथि महामहिम राजदुत दुर्गाप्रसाद भण्डारीले ल्होसारको शुभकामना दिदै आफ्नो रितिरिवाज,कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिएका थिए।

    यसैगरी एनआरएनए कुवेतका अध्यक्ष रण ध्वोज लामा, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय उपाध्यक्ष उमेश पुडासैनी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ,पत्रकार महासंघ कुवेत शाखाको उपाध्यक्ष राज एकराज मल्ल,आईसीसी सदस्य हरी लावती, समाजका संस्थापक बरिष्ट सल्लाहकार अमर तमू,बरिष्ट सल्लाहकार खोप तमू लगयत ले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए।

    ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउनको लागि आफ्नो तमू पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम समाजका सांस्कृतिक परिवारका कलाकारहरु रुप गुरुङ,बबिता गुरुङ,सरस्वती गुरुङ,योजान राइ,मनिष गुरुङ,सुमी सुनाम,अनु गुरुङ,सुवास तितुङको प्रस्तुतिले कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई झनै मनोरन्जन दिलएको थियो।

    कार्यक्रमको आकर्षक पक्ष खेलकुद छेलो फाल्ने प्रतियोगिता, रसी (डोरी) तान्ने प्रतियोगिता (पुरुस र महिलाको अलग अलग,हाडी फोड्ने,म्युजिकल चियर प्रतियोगिता,राखिएको थियो। प्रतियोगिता पहिलो,दोस्रो,हुने बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा फेटा लगायतले सम्मान गरीएको थियो।

    समाजले हरसाल ५ सदस्यहरुलाई सम्मान गर्दै आएको छ। यसपाली पनि समाजले ५ सदस्यहहरुलाई सम्मान गरिएको थियो। जस्मा सुजन गुरुङ, कुमारी गुरुङ,सरस्वती गुरुङ,कृष्ण गुरुङ,बबिता गुरुङलाई मायाको चिनो,दोसाला र खादा द्वारा सम्मान गरिएको थियो। कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु साथमा पुलाउ मिठो भोजनले स्वगात गरेका थिए।                                  अन्त्यमा कार्यक्रमको समापन गर्दै अध्यक्ष राजु गुरुङले कार्यक्रममालाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका समाजका सल्लाकार तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, पत्रकार, तथा कार्यक्रम उपस्थित सबैलाई बिशेष धन्यवाद ब्यक्त गरेे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने गगन थापाको माग

    काठमाडौं, असार १७ – निजामती सेवा सम्बन्धी विधेयकमा देखिएको विवादका कारण प्रतिनिधिसभाको गरिमा र सांसदहरूको...

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...