News Portal

साहित्यकार सुरेन्द्र महर्जन अमरको ३१औं कृति सार्वजनिक

हिमालीसंचार संवाददाता
३७८ पटक

काठमाडौ। वरिष्ठ गीतकार डा.कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा रहेको उहाँको एकतिसौं कृति ”सपना गीति एल्बम” सार्वजनिक गर्नुभयो।

एल्बम सार्वजनिक गर्दै विगत लामो समयदेखि साहित्य सृजनामा लाग्नु हुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को निरन्तर साहित्य सृजनाले समग्र साहित्य र गीत, संगीत क्षेत्र अझ बलियो हुने बताउनु हुँदै उहाँको यस सपना नामक गीति एल्बमले सफलता पाउने आशा व्यक्त गर्दै साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ एकदम राम्रो स्रष्टा हुनुहुन्छ।

गीत लेखन क्षेत्रमा उहाँको योगदान एकदम राम्रो रहेकोे र अरु एल्बमहरूले जस्तै यस एल्बमले पनि स्रोताहरूको माया पाउने आशा व्यक्त गर्नुभयो।

सार्वजनिक सपना एल्बममा ”आकाश छुने सपना” बोलको गीतमा चर्चित गायिका मेलिना राई र मणि सुन्दर लिम्बुको युगल स्वर रहेकोमा संगीत/एरेन्जर पावल चाम्लिङ्ग राईको रहेको छ। दोस्रोमा ”मायाले हँसाउँछ” बोलको गीतमा पनि गायिका मेलिना राई र विक्रम चाम्लिङ्गको युगल स्वर रहेको छ।

संगीत/एजेन्जर राम कार्कीको रहेको छ। तेस्रोमा ”गल्ती के भयो म बाट” बोलको गीतमा स्वर/संगीत चिरञ्जीवी भण्डारीको रहेको छ भने एरेन्जर आशिष लामाको रहेको छ। एल्बमको चौथो गीत ”सोचें बाँच्ने आधार” मा सरिता प्रजापतिको स्वरमा संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ।

सपना गीति एल्बमको पाँचौ एवं अन्तिम गीत ”तिम्रै साथ हिँडेको देख्छु” बोलको गीतमा प्रताप दास र बुनु उप्रेतीको स्वर रहेको छ भने उक्त गीतको संगीत सुर्य कमल राईको र एरेन्जर संजय हमालको रहेको छ। ओएसनेपालको प्रस्तुतिमा सार्वजनिक सपना एल्बम बजारमा आएको हो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...