News Portal

साहित्यकार सुरेन्द्र महर्जन अमरको ३१औं कृति सार्वजनिक

हिमालीसंचार संवाददाता
३०० पटक

काठमाडौ। वरिष्ठ गीतकार डा.कृष्णहरी बरालले एक समारोहबीच वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा रहेको उहाँको एकतिसौं कृति ”सपना गीति एल्बम” सार्वजनिक गर्नुभयो।

एल्बम सार्वजनिक गर्दै विगत लामो समयदेखि साहित्य सृजनामा लाग्नु हुने साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को निरन्तर साहित्य सृजनाले समग्र साहित्य र गीत, संगीत क्षेत्र अझ बलियो हुने बताउनु हुँदै उहाँको यस सपना नामक गीति एल्बमले सफलता पाउने आशा व्यक्त गर्दै साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ एकदम राम्रो स्रष्टा हुनुहुन्छ।

गीत लेखन क्षेत्रमा उहाँको योगदान एकदम राम्रो रहेकोे र अरु एल्बमहरूले जस्तै यस एल्बमले पनि स्रोताहरूको माया पाउने आशा व्यक्त गर्नुभयो।

सार्वजनिक सपना एल्बममा ”आकाश छुने सपना” बोलको गीतमा चर्चित गायिका मेलिना राई र मणि सुन्दर लिम्बुको युगल स्वर रहेकोमा संगीत/एरेन्जर पावल चाम्लिङ्ग राईको रहेको छ। दोस्रोमा ”मायाले हँसाउँछ” बोलको गीतमा पनि गायिका मेलिना राई र विक्रम चाम्लिङ्गको युगल स्वर रहेको छ।

संगीत/एजेन्जर राम कार्कीको रहेको छ। तेस्रोमा ”गल्ती के भयो म बाट” बोलको गीतमा स्वर/संगीत चिरञ्जीवी भण्डारीको रहेको छ भने एरेन्जर आशिष लामाको रहेको छ। एल्बमको चौथो गीत ”सोचें बाँच्ने आधार” मा सरिता प्रजापतिको स्वरमा संगीत/एरेन्जर पुष्कर सुनुवारको रहेको छ।

सपना गीति एल्बमको पाँचौ एवं अन्तिम गीत ”तिम्रै साथ हिँडेको देख्छु” बोलको गीतमा प्रताप दास र बुनु उप्रेतीको स्वर रहेको छ भने उक्त गीतको संगीत सुर्य कमल राईको र एरेन्जर संजय हमालको रहेको छ। ओएसनेपालको प्रस्तुतिमा सार्वजनिक सपना एल्बम बजारमा आएको हो।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...