News Portal

  • तमू ल्होसारको तयारी पुरा,कार्यक्रम स्थलमा जान-आउन निशुल्क यातायातको सुबिधा

    हिमालीसंचार संवाददाता
    १७५ पटक

    कुबेत -तमू ल्होसार-२०२२ का अबसरमा आगामी डिसेम्बर-३०,शुक्रबार हुन लागेको “तमू ल्होसार बिशेष कार्यक्रम-२०२२”का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ।
    तमू समाज कुवेतका अध्यक्ष राजु गुरुङले भने गुरुङ जातिहरुको महान पर्व हि ल्होसारको अबसारमा आयोजना गर्न लागिएको यस बिशेष कार्यक्रममा सहभागी भई कार्यक्रम सफल पार्न सम्पूर्ण कुवेतबासी नेपालीहरुलाई अनुरोध गरका छन्।

    कार्यक्रमलाई मनोरन्जनात्मक बनाउनका लागि मुख्या आकर्षणहरु:-

    १,तो-ल्हो (बाघ वर्ग) लाई बिदाइ तथा ही-ल्हो (बिरालो वर्ग) को स्वागत

    २,ग्रह शान्ती तथा ल्होकोर पूजा

    ३,शुभ कामना आदान प्रदान

    ४,सँस्कृतिक कार्यक्रम

    ५,छेलो फाल्ने प्रतियोगिता

    ६,रसी (डोरी) तान्ने प्रतियोगिता (पुरुस र महिला को अलग अलग हुने छ)

    ७,हाडी फोड्ने प्रतियोगिता

    ८,म्युजिकल चियर प्रतियोगिता

    ९,जलपान तथा भोज कार्यक्रम

    यहि आउदो डिसेम्बर ३० तरिक २०२२ शुक्रबार को दिन तमुहरुको महान पर्व तो’ल्हो (बाघ बर्ग)लाई बिदाई गर्दै´हि’ल्हो (बिरालो बर्ग) लाई स्वागत गर्दै बिगतका बर्षहरुमा झै यस बर्ष पनि नयाँँ बर्ष शुभ कामना आदान प्रदान साथै संस्कृति कार्यक्रम,को साथ निम्न मिति,स्थान र समयमा भब्य /सभ्या साथ मनाउन गईरहेको तमू ल्होसार कार्यक्रमको लागी कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, तथा सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निमन्त्रणा मेसेन्जरको माध्यमबाट पठाई सकिएको र भुलबस् या अन्य प्राविधिक कारणले निमन्त्रणा प्राप्त नभएमा यसै समाचारलाई आधार मानी कार्यक्रममा उपस्थित हुनुभई कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गराउन आयोजक तमु समाजले हार्दिक अनुरोध गरेको छ।

    नोट:- कार्यक्रम स्थाल सम्म आउन जानको लागि आयोजकले निशुल्क यातायातको ब्यबस्था गरिएको छ। फाहिल,मङगाफ,फिन्टास,माबुला को लागि (माबुला को हिमालय रेस्टुरेन्ट) संपर्क को लागि किरण गुरुङ (६७७१३६७४) त्यस्तै गरी हबेली,जब्रिया सल्मियाको लागि साल्मिया को (अपोलो अस्पातल) सम्पर्कको लागि पदम गुरुङ(६६८४७६३४) त्यस्तै गरी जिलिब,खैतान,फर्वनियको लागि (फर्वनियको जमिया नजिकै को पुलिस स्टेसन बस पार्क) सम्पर्कको लागि सुरेश गुरुङ (६६२८२२७५)

    कार्यक्रम : तमु हि ल्हो (बिरालो बर्ग )ल्होसार
    मिति : ३० डिसेम्बर २०२२ (शुक्रबार)
    समय : अपरान्ह ठिक १२.०० बजेदेखी
    स्थान : हिजुल कबड एरिया ब्लक न :१
    आयोजक : तमु समाज कुबेत

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १८ गतेको राशिफल

    आज भदौ १८, २०८२ (सेप्टेम्बर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा विषाक्त मदिरा घटनाका पीडितबाट अंगदान, धेरैको जीवन बच्यो

    काठमाडौं, भदौ १७ – कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका पीडितहरूका अंग संकलन गरी...

    गोंगबुमा ७७ वर्षीय वृद्ध करिब ४ करोडसहित पक्राउ

    काठमाडौं, भदौ १७ – काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठ करिब चार...

    रुपन्देही–३ मा राप्रपाले प्राइमरी इलेक्सनमार्फत उम्मेदवार छान्ने

    काठमाडौं, भदौ १७ – रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्तरिक...

    आईरन पानी खानुपर्ने र कक्षामा पंखा नहुदा किताब कापीले हम्केर पढ्नुपर्ने बाध्यता कहिले सम्म?

    रबिन्द्र बराल/ मोरङ, भदौ १७ – मोरङको रतुवामाई नगरपालिका वडा नम्बर २ स्थित डोरिया आधारभूत विद्यालयका...