News Portal

कुवेतमा पाल्पाका नगेन्द्र थापा क्षेत्री शनिबार देखि सम्पर्क बिहिन

हिमालीसंचार संवाददाता
४४८ पटक

कुवेत– कुवेतमा कार्यरत एक नेपाली सम्पर्क बिहिन भएका छ्न। पाल्पा जिल्ला माथागढी गाउँपालिका दोहोरा निबासी नगेन्द्र थापा क्षेत्री गत शनिबारदेखि सम्पर्क बिहिन भएका हुन। बाहिर हावा खान जान्छु भनेर श्रीमतीसङ फोनमा बोल्दाबोल्दै महबुल्ला स्थित आफ्नो कोठाबाट बाहिर निस्किएका थिए।

बेलुकी नेपालको समय ८:४० सम्म श्रीमतीसङ फोनमा बोल्दाबोल्दै अर्कै भाषाको आवाजमा श्रीमानलाई कसैले केही भनेको त्यस प्रस्चात फोन राख म कोठा फर्केपछि कल गर्छु भन्नू भनेर भनेकाे थियो तर दस मिनेट पछि कल गर्दा मोबाईल स्विच अफ भैइसकेको श्रीमतीले बताएकी छिन।
आठ बर्ष देखि कुवेतमा कार्यरत थापाको खोजीको लागि नेपाली दूतावास कुवेतलाई जानकारी गराईएको उनका गाउँका साथी हरि थापाले बताए।

आखिर के कारण उनी सम्पर्क बिहिन भए रहस्यमय रहेकोछ। यस बिषयमा नेपाली दूतावासमा बुझ्दा दूतावासलाई जानकारी आए देखि थापाको खोजीको लागि पहल गरिरहेको तर स्थिती पत्ता लाग्न नसकेको जानकारी श्रम सहचारी हेमकुमार अधिकारीले बताए।

यदि कुवेतमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरु कसैले नगेन्द्र थापा क्षेत्रीलाई देख्नु भएमा वा उनको बारेमा केही जानकारी भएमा नेपाली दूतावास कुवेत वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन समेत अनुरोध छ।

सम्पर्क हरि थापा =९४०२३१०१                                       

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...