News Portal

  • एनआरएनए-एनसीसी कुवेतद्वारा अन्तर नेपाली फुटबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पुरा

    हिमालीसंचार संवाददाता
    ३५८ पटक

    कुवेत– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए-एनसीसी कुवेतले शिरमा राखेर देश खेलकुदबाट सन्देश भन्ने मुल नाराका साथ आयोजना गर्न लागेकाे फुटबल प्रतियोगितामा अल मुल्ला एक्स्चेन्ज अल मुल्ला एक्सचेन्जको मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट र मनकामना एयर कार्गो कम्पनीको सह-प्रायोजनमा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३, २०२२ का दिन फाहहिल स्थित शुक सबाह खेलकुद मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ।

    उक्त फुटबल प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भइसकेको खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ केडी, कप, प्रमाणपत्र र मेडल; दोश्रो पुरस्कार नगद १०१ केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम, उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने जनाइएको छ।

    १० टिमको दर्ता भएर टाइसिट पनि सार्वजनिक भइसकेको उक्त प्रतियोगितामा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाई कर्मभुमी बनाई कर्म गर्दै बस्दै आएका नेपालीहरुको बाक्लो उपस्थिति हुने संयोजक ठकुरीले बताएका छन।

    कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलम लगाउँदै मानवीय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ। भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको र उक्त प्रतियोगितामा नेपाली राजदुतावास कुवेत परिवार र गैर आवासीय नेपाली संघ कुवेत परिवार बीच मैत्रीपुर्ण र रोमान्चक खेल समाबेश भएको एनआरएनए-एनसीसी कुवेतका प्रवक्ता केशर घलान तामाङले बताए।

     

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ८ गतेको राशिफल

    आज कार्तिक ८, २०८२ (अक्टोबर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    माइतीघरमा जेनजी आन्दोलनका समर्थकहरूको प्रदर्शन, शहीदहरूको सम्झना

    काठमांडौं, कात्तिक ७ – जेनजी आन्दोलनका समर्थकहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्दै शहीदहरूको बलिदान सम्झन र...

    आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको उपचारका क्रममा मृत्यु

    काठमाडौं, कात्तिक ७ – गायिका नितु पौडेलको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान साढे...

    १५ नयाँ दल दर्ता, आयोगले गर्यो अध्ययन

    काठमाडौं, कार्तिक ७ – निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि आएका १५ दलको आवेदन...

    माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा

    काठमाडौं, कार्तिक ७ – लामो समयदेखि वामपार्टीबीचको एकताको प्रयास अन्तिम चरणमा पुगेको छ। नेकपा माओवादी...