News Portal

एनआरएनए-एनसीसी कुवेतद्वारा अन्तर नेपाली फुटबल प्रतियोगिताकाे सम्पुर्ण तयारी पुरा

हिमालीसंचार संवाददाता
४६० पटक

कुवेत– गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए-एनसीसी कुवेतले शिरमा राखेर देश खेलकुदबाट सन्देश भन्ने मुल नाराका साथ आयोजना गर्न लागेकाे फुटबल प्रतियोगितामा अल मुल्ला एक्स्चेन्ज अल मुल्ला एक्सचेन्जको मुख्य प्रायोजन, इमिस्क्यायर कन्सल्टेन्ट र मनकामना एयर कार्गो कम्पनीको सह-प्रायोजनमा अंग्रेजी नयाँ वर्षको आगमनलाई स्वागत गर्दै यहि डिसेम्बर २३, २०२२ का दिन फाहहिल स्थित शुक सबाह खेलकुद मैदानमा अन्तर नेपाली फुटबल प्रतिगोगिता हुने भएको छ।

उक्त फुटबल प्रतियोगिताको लागि सम्पूर्ण तयारी पुरा भइसकेको खेलकुद संयोजक विकास सिंह ठकुरीले बताएका छन्।उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद २०१ केडी, कप, प्रमाणपत्र र मेडल; दोश्रो पुरस्कार नगद १०१ केडी, कप, प्रमाणपत्र र मेडल साथै उत्कृष्ट टिम, उत्कृष्ट खेलाडीहरु र उत्कृष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने जनाइएको छ।

१० टिमको दर्ता भएर टाइसिट पनि सार्वजनिक भइसकेको उक्त प्रतियोगितामा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्था तथा कुवेतलाई कर्मभुमी बनाई कर्म गर्दै बस्दै आएका नेपालीहरुको बाक्लो उपस्थिति हुने संयोजक ठकुरीले बताएका छन।

कुवेतमा कार्यरत नेपालीहरूका हरेक पीडामा मलम लगाउँदै मानवीय र सामाजिक सेवाका कार्य गर्दै आएको एनसीसी कुवेतले समय समयमा खेलकुद गतिविधि पनि गर्दै आएको छ। भने यस अघि यसै वर्षको शुरूवातमा अन्तर नेपाली खुला भलिबल प्रतियोगिता सम्पन्न गरेकोमा यस पटक फुटबल प्रतियोगिता आयोजना गर्न लागेको र उक्त प्रतियोगितामा नेपाली राजदुतावास कुवेत परिवार र गैर आवासीय नेपाली संघ कुवेत परिवार बीच मैत्रीपुर्ण र रोमान्चक खेल समाबेश भएको एनआरएनए-एनसीसी कुवेतका प्रवक्ता केशर घलान तामाङले बताए।

 

 

 

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...