News Portal

धरानका मेयर साम्पाङलाई दलित आयोगले कार्वाहीको लागि सिफारिस गऱ्यो

मेयर साम्पाङले पनी आयोगलाई कारवाहीका लागि जनता गुहारे!

हिमालीसंचार संवाददाता
३७० पटक

धरान – राष्ट्रिय दलित आयोग कुपन्डोल ललितपुरले धरानका मेयर हर्क साम्पाङलाई कानूनी कार्वाहीको लागि गृहमन्त्रालय सिंहदरवार काठमाडौं सिफारिस गरेको छ।

धरानका मेयर हर्क साम्पाङले मंसिर २७ गते मंगलबार सामाजिक संजाल आफ्नो फेसबुक वालबाट तराईका दलित समुदायप्रति अपमान गर्ने अभिव्यक्ति दिएको भन्दै आयोगले सर्वभौम जनताको प्रतिनिधिप्रति सम्मान स्वरुप अभिव्यक्ति सच्याउन र आत्मआलोचना गर्न प्रेस विज्ञप्ति मार्फत हिजो गरेको अनुरोधलाई बेवास्ता गर्दै अझ दलित समुदायलाई अर्ती उपदेश दिने र कम्जोरीप्रति कुनै सम्बोधन नगरी संविधान र प्रचलित कानून भन्दा आफु माथी रहेको जस्तो अभिव्यक्ति पुनः सार्वजनिक गरेपछि आयोगले विज्ञाप्तिको प्रतिलिपि सहितको पाच थान कागजात नत्थी गरेर आयोगका अध्यक्ष देवराज विश्वकर्माले कारवाहीको लागि सिफारिस गरेको छ।

त्यस्तै, धरानका मेयर साम्पाङलाई राष्ट्रिय दलित आयोगले आवश्यक कार्वाहीको लागि सिफारिस गरेपछि मेयर साम्पाङले पनी सामाजिक संजाल फेसबुक मार्फत दलित आयोगलाई कारवाहीको लागि माग गरेका छन्। उनले लेखेका छन् “मलाई नहुने आरोप लगाउने दलित आयोगलाई कारवाही गर्न म पनी माग गर्दछु! सम्पुर्ण नेपाली समाजको ध्यानआर्षण गराउन चाहन्छु! नगर प्रमुख धरान!” 

आयोगले धरानका मेयर साम्पाङलाई गृहमन्त्रालय सिंहदरबारलाई कारवाहीका लागि सिफारिस गरेपछि मेयर साम्पाङले पनी सम्पूर्ण नेपाली समाजको ध्यानाकर्षण गर्दै आयोगलाई कारवाहीका लागि अनुरोध गरेका छन्।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...