News Portal

  • को–को हुन् मिया खलिफालाई मन पर्ने ३ फुटबलर ?

    हिमालीसंचार संवाददाता
    ३६५ पटक

    मड्रिड। लेबनानी मोडल मिया खलिफा सधैँ खेलकुदमा चासो देखाइरहन्छिन्। पूर्व पोर्नस्टार खलिफाले इङ्लिस प्रिमियर लिगको क्लब वेस्ट ह्याम युनाइटेडको समर्थकको रूपमा आफूलाई चिनाइ सकेकी छन्।

    केही दिन अघि रोबी लिलको युट्युब च्यानलबाट सार्वजनिक भएको एक अन्तर्वार्तामा उनले आफूलाई मनपर्ने ३ फुटबलरको नाम खुलाएकी छन्। पोर्नहबमा डेब्यू गरेको दुई महिनामै सर्वाधिक रूचाइएकी एडल्ट नायिका बनेकी खलिफालाई सबैभन्दा मन पर्ने पूर्व इङ्लिस स्टार डेविड बेकहम हुन्।

    ‘मैले बेक्स (बेकहम) भन्नै पर्छ, किनभने म केटी हुँ,’ खलिफाले भनेकी छन्। दोस्रो स्थान उनले फ्रेन्च स्टार जिनेदिन जिदानलाई दिइन्।

    ‘जिदान किनभने, उनले टाउकोले २००६ विश्वकपमा इटालियन खेलाडीलाई हानेको मेरो लागि फुटबलमा सबैभन्दा रोमाञ्चकमध्ये एक क्षण हो,’ खलिफाले भनेकी छन्, ‘म द्वन्द्व मन पराउँछु। त्यसैले जिदानको त्यो प्रहार उत्कृष्ट क्षण हो।’

    तेस्रो स्थानमा उनले अस्ट्रेलियन मिडफिल्डर एरोन मुयेको नाम लिएकी छन्। ‘उनी बास्केटबल स्टार कव्ही लियोनार्द जस्तै छन्,’ खलिफाले भनिन्, ‘उनको शारीरिक हाउभाउ, क्यामेरा अगाडि हुँदा लजाउने बानी उस्तै लाग्छ। उनले लियोनार्दको झल्को दिलाउँछन्, त्यसैले मलाई मनपर्छ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...