News Portal

मकाउमा ‘तमु’ ल्होछार आगामी डिसेम्बर ३० तारिख शुक्रबार रोयल होटलमा हुने

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिए!

हिमालीसंचार संवाददाता
४४४ पटक

मकाउ – “प्ये मस्या छ्या म्हमु, छ्या म्हस्य ल्हु म्हमु, म्हस्या म्ही म्हय” अर्थात शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे हराउछ” भन्ने मुल नाराका साथमा आफ्नो संस्कार संस्कृतिको प्रर्वधन गर्ने उदेश्य सहित चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको आयोजनामा तमु ल्होछार मनाउने कार्यक्रमको तयारी पुरा भएको छ।

मकाउमा संगठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनले आयोजना गर्न लागेको ल्होसार कार्यक्रमको आवश्यक तयारी पुरा भएको समाजका अध्यक्ष लीलबहादुर गुरुङ (गोरा)ले जानकारी दिए। 

गुरुङ ‘तमु’ समाज मकाउ सार चीनले आफ्नो मौलिक संस्कार, संस्कृति, रीतिरिवाज परम्परा र मौलिक चाडको जगेर्ना गर्ने उदेश्यले मकाउमा गठीत समाजले तमु ल्होछार अर्थात गुरुङ समुदायको नया वर्ष (बाघ) वर्गको विदाई गरी हि’ल्होछार विरालो वर्गको स्वागतका निम्ति गुरुङ समुदायको मौलिक परम्परा अनुरुपको रोयल होटलमा हि’ल्होछार साँझ स्योकैं कार्यक्रमको भव्य तयारी पुरा गरिएको हो। 

मकाउमा गठीत समाजको आयोजनामा गुरुङ समुदायको प्रमुख चाडको रुपमा मनाइने यो चाडलाई मकाउमा संगठीत समाजले प्रत्येक वर्ष मनाउदै आएका छन्। गुरुङ समुदायले आफ्नो मौलिक चाडको रुपमा बर्षमा एक दिने मनाइने यो परम्परालाई व्यापकता दिनु पर्दछ भन्ने उदेश्यले तमु खेगी मैं अर्थात गुरुङ पुरोहितहरु लम् पच्यु क्लहेप्री लगायतका वेद शास्त्र अनुरुप मनाउदै आएका हुन्। 

गुरुङ समुदायको महामानवका रुपमा रहेका स्व. डाक्टर हर्क गुरुङले लिपिबद्ध गरेका मुख्य नारालाई आफ्नो परम्परा, संस्कृति, संस्कार जीवित राख्न सक्यौं भने मात्र हाम्रो अस्तित्व जीवन्त रहन सक्छ। 

समाजका अध्यक्ष गोराका अनुसार; संस्कार संस्कृति विनाको समुदायको कल्पना गर्न गाह्रो हुन्छ। त्यसैले आफ्नो संस्कार र सस्कृतिलाई बचाइ राखौ भन्ने उदेश्यका साथ प्रदेशी भूमि मकाउमा सम्भव भएसम्म तमु संस्कृति झल्किने, गुरुङ श्रृंगार, भेषभूषा, खानपान, रहनसहनका प्रर्बधन गर्ने उदेश्यका साथमा आगामी डिसेम्बर (शुक्रबार) ३० तारिख २०२२ साझ १८ः०० बजेदेखि २३ः३० बजेसम्म कार्यक्रमका लागि होटलका बलरुम बुकिङ गरिएको छ।

आयोजित कार्यक्रमको थप जानकारीका लागि समाजका अध्यक्ष लीलबहादुर गुरुङ (गोरा), सचिव भीमबहादुर गुरुङ, सहसचिव अमृत गुरुङ, सहकोषाध्यक्ष अशोक गुरुङ लगायतका समाजका पदाधिकारीहरुसंग आवश्यक जानकारी लिन सकिने समाजका अध्यक्ष गुरुङ (गोरा)ले हिमालीसंचारडटकमसंग बताए। 

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...