News Portal

महिला अधिकारको पक्षमा विरोध गर्ने इरानी फुटबलरलाई मृत्युदण्ड

हिमालीसंचार संवाददाता
३८७ पटक

तेहरान। मासा अमिनीको मत्युपछि महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा विरोध गर्ने एक फुटबलरलाई मृत्युदण्ड हुने भएको छ। बेलायती सञ्चारमाध्यम ‘इन्साइडर’ले इरान वायरलाई क्वोट गर्दै २६ वर्षीय अमिर नसर–अजदानीलाई मृत्यु दण्ड दिने फैसला भएको उल्लेख गरेको छ।

हिजाब नलगाइ सार्वजनिकस्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले अमिनीलाई पक्राउ गरेको थियो। पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानभर त्यसको विरोध भएको थियो।

सोही क्रममा प्रहरीका सहयोगीको मृत्यु हुँदा त्यसमा संलग्न भएको आरोपमा अजदानी नोभेम्बर १६ मा पक्राउ परेका थिए। उनीमाथि ‘भगवानविरुद्ध युद्ध मच्चाएको’ आरोप थियो।

अन्तर्राष्ट्रिय व्यावसायिक फुटबल खेलाडी संघ (फिफ्प्रो)ले एक वक्तव्य जारी गर्दै इरानको यो कदमको आलोचना गरेको छ। जारी वक्तव्यमा उनलाई मृत्युदण्ड दिने फैसला तत्काल फिर्ता गर्नसमेत माग गरेको छ।

अजदानीले पर्सियनल गल्फ प्रो लिगमा ट्र्याक्टरबाट खेलेका थिए। सन् २०१७ यता उनी व्यावसायिक खेलमा देखिएका थिएनन्। उनीसहित २८ जनालाई सोही मुद्दामा मृत्युदण्डको घोषणा भएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...