News Portal

साइप्रसमा चासोक तङ्नाम येले तङ्बे सम्पन्न

हिमालीसंचार संवाददाता
२८४ पटक

साइप्रस– याक्थुङ लिम्बुहरुको गौरवशाली संस्था “किराँत याक्थुङ चुम्लुङ साइप्रस” को आयोजनामा हिजो ११ डिसेम्बर २०२२ आइतबार साइप्रसको सुन्दर शहर लिमासोलको ब्रीटानिया म्युजिक हलमा याक्थुङ लिम्बुहरुको महान पर्व (न्वागि पुजा) चासोक तङ्नाम येले तङ्बे ५०८२ तथा २०७९ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

“चासोक तङ्नाम” लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो । चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ।
चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ। चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो। लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ।किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ।

लिम्बू जातिको मुन्धुममा उल्लेख भएअनुसार कृषि युग सुरु हुनु अघि लिम्बूका आदिम पुर्खा सावा येत्हाङले कन्दमुल काँचै खाएर जीवनयापन गर्दथे, जसले गर्दा उनीहरु कुपोषण र अनेक रोगव्याधीको शिकार हुन्थे।
यी समस्या समधानको विकल्प खोजीमा सर्वशक्तिमान तागेरानिङवाभु माङसँग प्रार्थना गर्दथे र यही प्रार्थनाले गर्दा नै उनीहरूले पेनारमाङदःक (कोदो), परामा (कोदोसँग उम्रने फल्ने), ताक्मारु (घैया), तुम्री (जुनेलो) आदि बीउबिजन तागेरानिवाभु माङले उपलब्ध गराइदिए ।
यसरी धान र अन्नका बीउबिजन पाएपछि लिम्बू जातिको आदिम पुर्खा सावायेहाङका चेली सिबेरा एःक्थुम्माले काठको खन्ती, अङ्कुसे आदिको प्रयोग गरी भस्मे फाँडेर बीउबिजन रोपी छरी अन्न फलाइन् । यसरी छरपोख गरी उब्जाएर खानुभन्दा अगाडि माङहरु (देवीदेवता)लाई चडाउने प्रचलन रहयो, यसैलाई चासोक (न्वागी) पूजा भनिन्छ।

“चासोक तङ्नाम (न्वागी पूजा)” अवसरमा “किराँत याक्थुङ चुम्लुङ साइप्रस” आयोजना गरेको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रममा युके बाट पाल्नु भएका चर्चित कलाकार गायक सुरेन ताम्लिङको प्रमुख आतिथ्यता साथै उहाँको बेजोड साङ्गितिक प्रस्तुतिका साथ स्थानीय कलाकार परन चाम्लिङ, युके बाटै पाल्नु भएका साजन गुरुङ, संस्थाकी सल्लाहकार अमिशा लिम्बूको गायन प्रस्तुति तथा रुबिना लिम्बू, सन्जु मगर, सेनि मगर तथा सर्मिला नेपालीको नृत्य प्रस्तुति सङ्ग याक्थुङ लिम्बुहरुको मौलिक भेषभुषा ,संस्कार संस्कृती, रितिरिवाज झल्किने यालाङ, केलाङ साथै विभिन्न नेपाली साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति रहेको थियो।

सस्थाकी अध्यक्ष चुमन्ता लिम्बूको सभापतित्वमा आयोजना भएको कार्यक्रमका बिशिष्ट अतिथि “गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साइप्रसका अध्यक्ष कुन्दन कार्की हुनुहुन्थ्यो भने प्रमुख अतिथी तथा कलाकार युकेबाट पाल्नु भएका कलाकार सुरेन तम्लिङ हुनुहुन्थ्यो।

साथै कार्यक्रममा:
गैर आवासीय नेपाली विद्यार्थी समिती साइप्रसका अध्यक्ष अनिल पोख्रेल,प्रवासी नेपाली मन्च साइप्रसका अध्यक्ष श्याम लाल नेपाली,प्रवासी नेपाली मन्च साइप्रसका प्रमुख सल्लाहकार धत्तानन्द पाण्डे
किरात राइ यायोक्खा साइप्रस अध्यक्ष नबिन राई,नेपाल तामङ् धेदुङ साइप्रस अनुसासन तथा मुल्यङ्न बिभाग प्रमुख सुमित्रा बम्जन तामङ् नेपाल मगर संघ साइप्रस अध्यक्ष दर्शन मगर ,तमु सेवा समाज साइप्रस लक्ष्मी गुरूङ्ग शेर्पा किदुङ्ग साइप्रस कोषाध्यक्ष पाल्मु डोमा शेर्पा ह्ययल्मो सोसाइटी लफ साइप्रस अध्यक्ष निमा ह्ययल्मो बेलायत साहित्य प्रतिष्ठान सल्लाह श्दिपा लिम्बु राइ तथ यक्षराज लिम्बू क्याप्टेन पवन शेरचन
मेजर बिवेक जंग शाही राज गुरूङ्ग बिष्नु लिङ्देन लगायत साइप्रसमा क्रियाशिल विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरु, अग्रज व्यक्तित्वहरु, बुद्दिजीवीहरु साथै नेपाली समाजको सहभागिता रहेको थियो । मिडिया पाट्नरको रुपमा ” युरोप गतिविधि” बाट प्रकाश बराइली र प्राबिधिक साथ “लाखे क्रीएसन” साइप्रसका बिकास श्रेष्ठले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...