News Portal

साना किसान कृषि सहकारी संस्थाकाे १७ ओै साधारण सभा सम्पन्न

हिमालीसंचार संवाददाता
१९२ पटक

माेरङ रबिन्द्र बराल- माेरङकाे रतुवामाई नगरपालिका-६ स्थित साैठामा रहेकाे साना किसान कृषि सहकारी संस्थाले आफ्नाे १७ ओै साधारण सभा सम्पन्न गरेकाे छ।
संस्थाले कादुपाडामा रहेकाे आफ्नाे सहकारी भवनामा साधारण सभा गरेकाे हाे। कार्यक्रमकाे प्रमुख अथिति माेरङ क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सद्स्य ऋिषिकेश पाेख्रेल विशिष्ट अतिथि प्रदेश सद्स्य गणेश उप्रेती, नगरपालिका उप मेयर दमयन्ता देवी चुडाल , विभिन्न बडाका वडा अध्यक्ष, संस्थाका ऋषि कुमार ढकाल, द्रोण वहादुर पौडेल , तिलो कुमारी ताजपुरिया , बबिता कडरिया, हरिबहादुर बस्नेत, राजेन्द्रप्रसाद वाग्ले , नेपाल प्रहरी, ससस्त्र प्रहरी का प्रतिनिधि लगायत , बुद्घिजिवि, समाज सेविकाे समेत उपस्तिथि समेत रहेकाे थियाे।

साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवाका अध्यक्ष द्रोणबहादुर पौडेलले सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।

२०५३ सालमा स्थापना भएको संस्थामा हाल २१३ वटा समूह रहेको र १२३० जना सदस्य रहेको जानकारी दिए।

अध्यक्ष पौडेलले संस्थाको शेयर पूँजी २ करोड ३१ लख १८ हजार रुपैयाँ रहेको बताए। संस्थाले १८ करोड ३१ लाख २८ हजार रुपैयाँ ऋण लगानी गरेको छ।त्यस्तै संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा ७ करोड ४५ लाख ७० हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ६० लाख ५५ हजार मुनाफा आर्जन गरेको संस्थाले ३९ करोड २४ लाख ७० हजार रुपैयाँ वार्षिक कारोबार गरेको अध्यक्ष पौडेलले जानकारी दिए।

सहकारीले साधारण सभाले जेष्ठ नागरीक एकल महिला उत्कृष्ट बचत कर्ता, उत्कृष्ट बाल बचत अतिथि प्रमुख अतिथि हरु लाई समेत सम्मान गरेका थिए। कार्यक्रमकाे प्रमुख अतिथि पोखरेले भने सांसदको पहिलो काम नीति बनाउने भएकाले सदनमा आफुले सहकारीमैत्री नीति निर्माणका लागि जोडदार आवाज उठाउने प्रतिवद्धता समेत जनाएका छन।

पोखरेलले यतिबेला मल अभाव भइरहेकाले आफुले प्रशासन सँग सहजीकरण गरी भारतबाट किसानलाई मल ल्याउन दिने वातावरण बनेको जानकारी दिए।

उनले अब मलको अभाव झेल्दै आएका वास्तविक किसानलाई भारतबाट मल ल्याउन रोक टोक नहुने बताए। आफू स्थानीय समस्याबारे जानकार रहेकाले सो क्षेत्रको चौतर्फी विकासका लागि पर्ने प्रतिवद्धता जनाएका छन। त्यस्तै गरी सहकारी क्षेत्र तथा सामाजिक विकासमा योगदान गरेवापत संस्थाका मुख्य प्रवन्धक ऋषिकुमार ढकाललाई पनि सम्मान गरिएको थियो।

विगत २६ वर्षदेखि सो संस्थाको कार्यालय प्रमुखको रुपमा कार्यरत छन्। संस्थाले अनुसरण कार्यक्रम सञ्चालन गरि सवल सक्षम साना किसान कृषि सहकारी संस्थाहरु स्थापना गर्न ढकाल मुख्य प्रशिक्षकको रुपमा सेवारत छन्।

साधारणसभामा विभिन्न सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु, सहकारी अभियान्ता, सहकारीका सदस्यहरुलगायतको सहभागीता थियो । कार्यक्रम संस्थाका मुख्य प्रवन्धक तथा सञ्चालक समितिका सदस्य सचिव ऋषिकुमार ढकालले सञ्चालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...