News Portal

तालिबानद्वारा कान्दाहार प्रहरी प्रमुखको हत्या

हिमाली संचार संवाददाता
७५० पटक

कान्दाहार– अफगानिस्तानमा हत्या, हिंसा चलाइरहेका तालिबानले अफगानिस्तानको कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रमुखको हत्या गरेका छन् ।

उनीहरुले निकै शक्तिशाली र ठूलो हातहतियारले सुसज्जित प्रहरी प्रमुखको कार्यालयमा नै उनीहरुले आक्रमण गरेका थिए । त्यस आक्रमणमा परी कान्दाहारका प्रहरी प्रमुख जनरल अब्दुल राजिकको हत्या गरेका हुन् ।

त्यस आक्रमणमा परी अरु दुई जना प्रहरी अधिकृत पनि मारिएका छन् । उनीहरुको भने परिचय खुलाइएको छैन ।

बिहीबार बिहानै ठूलो सङ्ख्याका तालिबानहरुले निकै शक्तिशाली हतियार प्रयोग गरेर कान्दाहारको प्रहरी मुख्यालयमै आक्रमण गरेका थिए । उनीहरुले जनरल राजिकसहित अफगानिस्तानका अमेरिकी सैनिक कमाण्डरलाई पनि तारो बनाएका थिए ।

तर अमेरिकी सेनाका अफगान कमाण्डर जनरल स्कट मिलर भने सकुशल रहेका छन् । उनले नै प्रहरी प्रमुख राजिकको हत्या भएको पुष्टि गरेका छन् ।

उनले भनेका छन्— आज अफगानिस्तानका नागरिकले एकजना सच्चा अफगान नागरिक गुमाएका छन् हामी पनि सँगै निकै लामो समयदेखि काम गयौँ, जनरल राजिक एक सशक्त प्रहरी कमाण्डर थिए ।

अफगानिस्तानका तालिबानसँग अमेरिकाले शान्तिवार्ताको प्रसंग चलाएको थियो । तर पनि यो पछिल्लो हत्याको शृंखलाले शान्ति वार्ताको प्रसंगलाई छायाँमा पारिदिने विश्लेषकहरु बताउँछन् ।

त्यसैगरी अफगानिस्तानमा हुन गइरहेको आमनिर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थामा पनि यो आक्रमणले ठूलो चुनौती थपिएको जानकारी पनि दिइएको छ ।

कान्दाहारका प्रहरी प्रमुख राजिक तालिबानविरुद्धको कारबाहीका क्रममा एकजना सफल कमाण्डर मानिन्थे । उनको हत्याले कान्दाहारमा सुरक्षाको अवस्था निकै चुनौतीपूर्ण रहेको बताइएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहार तालिबानको बढी नै प्रभाव रहेको क्षेत्र मानिन्छ । त्यसैले पनि यस क्षेत्रको प्रहरी मुख्यालयमै गरिएको आक्रमणले थप सुरक्षा चुनौती थपेको बताइएको हो ।

यस हत्याको जिम्मेवारी तालिबान संगठनले लिएको छ । प्रहरी प्रमुख राजिक तालिबानका विरुद्धमा निकै कठोर रहेकोले हत्या गरिएको उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...