News Portal

चौतारी रेस्टुरेन्टकाे नयाँ शाखा महबुल्लामा संचालन

हिमालीसंचार संवाददाता
३२० पटक

कुवेत – कुवेतको मालिया सिटीमा रहेको चौतारी नेपाली रेस्टुरेन्टले आफ्नो शाखा महबुल्लामा संचालनमा ल्याएको छ। मालिया सिटीमा २०१४ देखि चलिरहेको चौतारीको नयाँ शाखा बिहीवार औपचारिक रूपमा संचालनमा आएको छ।

कुवेतमा होटेल ब्यबसायमा छुट्टै पहिचान बनाउन सफल  राजु कार्की र सुजन केसीलगायतको संयुक्त लगानीमा उक्त नेपाली रेस्टुरेन्ट संचालनमा आएको हो। चौतारी समुहले केहि महिना पहिला मालिया सिटीमा डाम्प़ा रेस्टुरेन्ट समेत संचालनमा ल्याएको छ।

बिहिबार चौतारी रेस्टुरेन्ट महाबुल्ला शाखा कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गरेका थिए।पन्चे बाजा घन्काएर गरिएको उद्घाटन कार्यक्रममा कुवेत स्थित  नेपाली दुतावास परिवार कुवेतका लागि भुटानका राजदुत सहित नेपाली संघ सस्थाका प्रतिनिधि  बुद्दिजिबी समाजसेवी   पत्रकार लगायतको उपस्थिति रहेको थियो।

पछिल्लोपटक कुवेतमा नेपालीहरुको रेस्टुरेन्ट ब्यावसायमा आकर्षण बढ्दै गएको छ। कुवेतका मुख्य सिटीहरु फाइल, फर्वानिया, मालिया , सालिमिया, महाबुल्लामा नेपालीहरुले रेस्टुरेन्ट संचालन गर्दै आएका छन।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...