News Portal

चौतारी रेस्टुरेन्टकाे नयाँ शाखा महबुल्लामा संचालन

हिमालीसंचार संवाददाता
२७० पटक

कुवेत – कुवेतको मालिया सिटीमा रहेको चौतारी नेपाली रेस्टुरेन्टले आफ्नो शाखा महबुल्लामा संचालनमा ल्याएको छ। मालिया सिटीमा २०१४ देखि चलिरहेको चौतारीको नयाँ शाखा बिहीवार औपचारिक रूपमा संचालनमा आएको छ।

कुवेतमा होटेल ब्यबसायमा छुट्टै पहिचान बनाउन सफल  राजु कार्की र सुजन केसीलगायतको संयुक्त लगानीमा उक्त नेपाली रेस्टुरेन्ट संचालनमा आएको हो। चौतारी समुहले केहि महिना पहिला मालिया सिटीमा डाम्प़ा रेस्टुरेन्ट समेत संचालनमा ल्याएको छ।

बिहिबार चौतारी रेस्टुरेन्ट महाबुल्ला शाखा कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले उद्घाटन गरेका थिए।पन्चे बाजा घन्काएर गरिएको उद्घाटन कार्यक्रममा कुवेत स्थित  नेपाली दुतावास परिवार कुवेतका लागि भुटानका राजदुत सहित नेपाली संघ सस्थाका प्रतिनिधि  बुद्दिजिबी समाजसेवी   पत्रकार लगायतको उपस्थिति रहेको थियो।

पछिल्लोपटक कुवेतमा नेपालीहरुको रेस्टुरेन्ट ब्यावसायमा आकर्षण बढ्दै गएको छ। कुवेतका मुख्य सिटीहरु फाइल, फर्वानिया, मालिया , सालिमिया, महाबुल्लामा नेपालीहरुले रेस्टुरेन्ट संचालन गर्दै आएका छन।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...