News Portal

कुवेतका तीन किराती संस्थाहरुले संयुक्तरुपमा मनाए उधौली

हिमालीसंचार संवाददाता
४१८ पटक

कुवेत सिटी। कुवेतमा कृयाशिल तीनवटा किरात संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले “भाषा, संस्कार संस्कृतियको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ हिजो ४ डिसेम्बर शुक्र्बारको दिन कुबेतको फाहाहिलस्थित कोहिनुर इन्टरनेसनल रेस्टुरेन्टमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२ उधौली साकेला धुमधामका साथ मनाए।

सुनुवार सेवा समाज शाखा कुवेतका सल्लाहकार भक्तराम सुनुवार सभापतित्वमा भएको कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुत महामहिम दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई किरात राई यायोक्खा कुबेतका उपाध्यक्ष नैना कला राई र सचिव रोशन राईले संयुक्त रुपमा संचालन गरेका थिए।

कार्यक्रममा बिशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रण्धोज लामा, बिशिष्ट अतिथि आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, पत्रकार महासंघ कुवेतका उपाध्यक्ष एकराज मल्ल ठकुरी लगायत कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ-संस्थाका अधयक्ष प्रतिनिधि, पत्रकार, खेलाडीलगायत अन्य बुद्दिजिवीहरुको आतिथ्यता रहेको थियो।

किरात राई यायोक्खा शाखा कुवेतका सक्रिय सदस्य माया राईले स्वागत मन्तब्यद्वारा उपस्थिति सम्पूर्णलाई स्वागत स्वागत गरेका थिए। सभापति, प्रमुख अतिथी र विशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थिए।

मन्व्यको क्रममा प्रमुख अतिथि नेपालीदुतावास पल्नु भएको महामहिम दुर्गा प्रसाद भण्डारीले बोल्दै प्रवासी भुमी कुवेतमा रहेरपनि आफ्ना मौलिक चाडपर्व,रिति रिवाज परम्परा जोगाउनु, मनाउन पाउनु ठुलो कुरा रहेको वताए।

“किराँतीहरुको यो राष्ट्रिय चाड मनाउन जसरी ठूलो जनमानसमा आजवाट ३ किरात संस्थाहरु एकजुट भएर लागेका छ्न यो दिगो रुपमा रहोस भन्ने कामना गरे। किराती धर्म सस्कार, सस्कृती, परमम्परा आगामी दिनमा अझै व्यापक रुपले मनाउन पाइयो भन्दै शुभकामना व्यक्त गरे।

मन्तव्य दिने क्रममा कार्यक्रममा विशिष्ट अतिथिमा एनआरएनए कुवेतका अध्यक्ष रण्धोज लामा, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, प्रत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष एकराज मल्ल ठकुरी, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष अरुण लिम्बु, किरात याक्थुङ चुम्लुङ कुवेतका सल्लाहकार बल बाहादुर काम्बाङ, किरात राई यायोक्खा शाखा कुवेतका अध्यक्ष मन्जित राई, समाज कुवेतका सल्लाहकार अमर गुरुङ, एनआरएनए आइसिसी सदस्य हरि लावतीलगायतले शुभकामना ब्यक्त गरेका थिए।

किराँत समुदायले प्रत्येक वर्ष मंसिर पूर्णिमालाई उधौली र वैशाखे पूर्णिमालाई उभौली चाडका रुपमा मनाउने गर्दछन्। अन्नबाली भित्र्याउने समय मंसिरमा साकेला उधौली र बिउबिजन लगाउने महिना वैशाखमा साकेला उभौली मनाउने गरिन्छ।

साकेला चाडको अवसरमा परम्परागत भेषभूषामा सजिएका ३ किरातीहरुले आफ्नो समुदायका मान्छेहरु भेला भएर गोलो घेरामा ढोल बजाउँदै साकेला नृत्य प्रस्तुत गरेका थिए। साथमा किराँत संस्कृतिका साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा, चमरलगायत बजाइएको थियो।

कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्याँदर नाच,सांगातिक प्रस्तुतिहरु रहेको थिए भने, तीनवटा किरात संस्थाका कलाकारहरुले एकल गीत एकल नृत्य युगल तथा सामुहिक नृत्य गरी उधौली, कार्यक्रमलाई सुगन्ध भर्ने काम साथै कार्यक्रमा उपस्थित सम्पूर्ण दर्शकहरुलाई झनै मनोरन्जन दिलएको थिए।

आयोजकले कार्यक्रमा सांगातिक प्रस्तुति गर्ने कलाकारहरु मिडिया साथै सहयोगीहरुलाई प्रमाणपत्रद्वारा सम्मान गरेको थियो। साथै उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजनको ब्याबस्था गरिएको थियो।

अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति भक्तराम सुनुवारले कार्यक्रम सफलतापूर्वक सम्पन्न गराउन बिभिन्न तवरले आर्थिक भौतिक र नैतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी, पत्रकारहरु, तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नु भएको थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...