News Portal

कबिता: मलाई माफ गर्नुस !

हिमालीसंचार संवाददाता
३८१ पटक

मलाई माफ गर्नुस आमा
हजुरले सिकाउनु भएकाे ज्ञान
हजुरकाे माया
हजुरकाे प्रेम
हजुरकाे बात्सल्य अनि
हजुरकाे प्रेरणालाई मैले सदुपयोग गर्न सकिन।

मलाई माफ गर्नुस बुबा
म हजुरकाे बाटाेमा हिड्न सकिन
मैले हजुरकाे संघर्ष चिन्न सकिन
हजुरकाे मेहनतकाे कदर गरिन
हजुरकाे त्याग
हजुरकाे बलिदानलाई सहजै कुल्चिएँ।

मलाई माफ गर्नुस दाजु।
म हजुरप्रती लाचार भएकाे छु।
हजुरकाे कदमलाई मैले साथ दिन सकिन
त्याे न्यानो स्पर्श
त्याे अँगालो अनि
म प्रतिकाे सद्भाव मैले बुझ्न सकिन्।

मलाई माफ गर्नुस दिदी
हजुरलाई साथ दिन सकिन
हजुरकाे सल्लाह मानिन
आफुले राम्रो गर्न जानिन
आज समयकाे कठघरमा छु दिदी।
हजुरकाे अभाव खट्किरहेकाे छ

माफी माग्दैछु
हजुरसँग
हजुरहरुसँग
आशा छ म माफीकाे याेग्य त छैन
तर मैले पक्कै माफी पाउने छु
अनि विश्वास छ कि म फेरि
हजुरसँग माफी माग्न आउने छैन
किनकी गल्ती गर्दा गर्दै थाकिसकें
अब गल्ती गर्ने छैन।
एकपटकलाई माफ दिनुहाेला।।

– सुजन कडेल
धादिङ।

प्रतिकृया दिनुहोस्

रास्वपा–उज्यालो नेपाल एकता टुंगियो, कुलमान–रवि–बालेन छलफल असफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबीचको एकता...

अवैधानिक रुट, दलालको जालो र राज्यको मौनताले महिला असुरक्षित

कुवेत– पछिल्लो समय कुवेतमा नेपाली घरेलु कामदारहरूको समस्या गम्भीर बन्दै गएको छ। समस्या समाधानतर्फ नेपाल...

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...