News Portal

  • सरकार बनाउँदा सांसद किनबेचको डर, सांसदलाई लुकाउँदै कांग्रेस

    हिमालीसंचार संवाददाता
    २६५ पटक

    एजेन्सी। भारतको हिमाञ्चल प्रदेशमा विधानसभा चुनावको मतगणना भइरहेको छ। प्रारम्भिक गणनामा भारतीय कांग्रेसले बहुमत ल्याउने देखिएको छ।

    बहुमतउन्मुख रहेको कांग्रेसलाई खुशी सँगसँगै डर पनि देखिएको छ। चुनावी नतिजा आइसकेपछि सरकार गठनसम्म सांसद किनबेच हुने डर कांग्रेसलाई छ।

    केन्द्र सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले जेसुकै पनि गर्नसक्ने आरोप लगाउँदै कांग्रेस नेता विक्रमादित्य सिंहले विधायकलाई गोप्य ठाउँमा लुकाउन थालिएको छ। उनले भने, ‘लोकतन्त्र बचाउन कांग्रेस सबथोक गर्न तयार छ।’

    गतगणना जारी रहँदा कूल ६८ सिटमध्ये कांग्रेस ३९, भाजपा २६ र अन्य ३ सिटमा अगाडि छन्। ३५ सिट जुटाउन सक्ने दलले सरकार बनाउने भएकाले ५–५ विधायक दायाँबायाँ हुँदा कांग्रेसलाई सरकार बनाउन सकस हुन्छ। आफ्ना सांसद दायाँबायाँ हुनुअघि नै कांग्रेसले लुकाउन थालेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २३ गतेको राशिफल

    आज असोज २३, २०८२ (अक्टोबर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...