News Portal

मगर सँघ कुवेतको चौंथो अधिवेशन जनवरी १३ मा हुँदै

हिमालीसंचार संवाददाता
३९९ पटक

कुवेत सिटी। मगर सँघ कुवेतको चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम १३ जनवरी २०२३ शुक्रबारका दिन मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गरिएको मगर सँघ कुवेतका महासचिब जय आले मगरले जानकारी दिएका छन।

कुवेत नगरीमा “ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र” भन्ने मुल नाराका साथ सन २०१२ मा मगर सँघ कुवेतको स्थापना भएको थियो।

कुवेतनगरीमा जातीय सस्थाहरुमध्ये मगर सँघ कुवेत पनि सकृय रहेको छ। मगर सँघ कुवेतले हरेक वर्ष कुवेतनगरीमा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती पर्व मनाउदै आईरहेको छ।

कुवेतमा स्थापना भएका कृयाशिल विभिन्न नेपाली संघ-सस्थाहरुसंग मगर सँघ कुवेतले हातेमालो गर्दै आईरहेको छ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई आफ्नो चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रममा उपस्थितिको लागि मगर संघ कुवेतले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...