News Portal

मगर सँघ कुवेतको चौंथो अधिवेशन जनवरी १३ मा हुँदै

हिमालीसंचार संवाददाता
४५९ पटक

कुवेत सिटी। मगर सँघ कुवेतको चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रम १३ जनवरी २०२३ शुक्रबारका दिन मगर संस्कृतिमा आधारित प्रस्तुतिहरुको साथमा कार्यक्रम आयोजना गरिएको मगर सँघ कुवेतका महासचिब जय आले मगरले जानकारी दिएका छन।

कुवेत नगरीमा “ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र” भन्ने मुल नाराका साथ सन २०१२ मा मगर सँघ कुवेतको स्थापना भएको थियो।

कुवेतनगरीमा जातीय सस्थाहरुमध्ये मगर सँघ कुवेत पनि सकृय रहेको छ। मगर सँघ कुवेतले हरेक वर्ष कुवेतनगरीमा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती पर्व मनाउदै आईरहेको छ।

कुवेतमा स्थापना भएका कृयाशिल विभिन्न नेपाली संघ-सस्थाहरुसंग मगर सँघ कुवेतले हातेमालो गर्दै आईरहेको छ।

कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ-संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी एवं बुद्धिजिविहरुलाई आफ्नो चौंथो ऐतिहासिक अधिवेशन तथा मगर समुदायको राष्ट्रिय साँस्कृतिक पर्व एवं नेपालीहरुको महान चाड माघे सकराती कार्यक्रममा उपस्थितिको लागि मगर संघ कुवेतले अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...