News Portal

मानिस र कुकुरको सम्बन्धको पुरानो इतिहास

हेलेन ब्रिग्स
५४४ पटक

निकै पहिलेका कुकुरहरूबारे उपलब्ध डिएनए परीक्षणले मानिसको साथमा कुकुर रहँदै आएको ९ हजार वर्ष पुगेको देखाएको छ। मानव जातिका पुर्खाले खेतीकिसानी सुरु गर्ने बेलामै कुकुरहरू मानव इतिहासको अङ्ग बनेका थिए।

जब सुरुका मानव किसानहरू मध्यपूर्वबाट भेडा बाख्रा धपाउँदै निस्किए, उनीहरूको साथमा कुकुरपनि साथ लागेको वैज्ञानिक हरूले बताएका छन्।

उक्त डिएनए प्रमाणले पुरानो कालखण्डमा कसरी ब्वाँसा प्रजातिका जनावर आजकल हामीले चिन्ने जस्ता विभिन्न थरीका कुकुरमा विकसित भए भन्ने बताउँछ।

मध्ये पूर्वको फर्टाइल क्रेसेन्ट भनिने उर्बर भूमिक्षेत्रबाट खेतीकिसानी सुरु भयो। सो क्षेत्र भनेको हालको इराक, सिरिया, लेबनन, जोर्डन, इजरेल र इजिप्ट रहेका क्षेत्र हो।

त्यतिखेरसम्म ‘हन्टर ग्यादररु भनिने घुमफिर गर्दै शिकार गरेर पेट पाल्ने चलनमा अभ्यस्त मानवजाति विस्तारै एकै ठाउँमा बस्न थाले। विस्तारै तिनले गहुँ, जौ, कोसा तथा दालजस्ता बाली लगाउन थाले।अनि, उनीहरूले जङ्गली भेडा, गाई तथा सुँगुरलाई घरपालुवा बनाउन थाले।

आधुनिक कुकुरको विकास
करिब ९ हजार वर्ष पहिले जब उनीहरू युरोप र एसियातर्फ लागे उनीहरूले आफ्ना जनावर तथा खेतीकिसानीका ज्ञान पनि साथै लगे। उक्त नयाँ अध्ययनले कुकुरहरूपनि उक्त यात्रामा सामेल भएको देखाएको छ।

युरोप तथा एसियामा फेला परेका कुकुरका हजारौँ वर्ष पुराना अवशेषमा रहेका डिएनएको परीक्षणबाट त्यस्तो पत्ता लागेको हो।

“हाम्रो अध्ययनले के देखाउँछ भने मानव र कुकुरको इतिहास जोडिएका छन्। युरोपभर बसाइँसराइका बेला कुकुरहरू मानिसका पछि लागेको देखिन्छ,” फ्रान्सको रेन विश्वविद्यालयका डा.मोर्गेन ओलिभियको भनाइ।

ती कुकुरहरू युरोपमा आइपुगेपछि त्यहाँ पहिलेदेखि रहेका कुकुरसँग तिनको संसर्ग भयो। त्यसले जीन पुलमा वा आनुवंशीय परिवर्तन भए। शताब्दीयौँ सम्म त्यसरी संसर्गहरू भएपछि हालका जस्ता विभिन्न आकार र प्रकारका कुकुरहरूको विकास भएको मानिन्छ। उक्त अनुसन्धान विवरण ‘बायोलोजी लेटर्स’ नामक जर्नलमा प्रकाशित छ। बिबिसी

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...