News Portal

  • माेरङकी क्यान्सर पिडित शाेभा पाैडेलको परिवारद्वारा सहयोगकाे अपिल

    हिमालीसंचार संवाददाता
    ३५० पटक

    रबिन्द्र बराल,
    मोरङ। माेरङकाे रंगेली नगरपालिका-४ स्थित आमताेलामा बर्षौदेखि बसाेवास गर्दे आईरहेका कृष्ण प्रसाद पाैडेल अहिले आफ्नो श्रीमती बिरामी भएपछि निकै चिन्तिन बनिरहेका छन।

    बिगत केही महिनादेखि शाेभाकुमारी पाैडेल (चापागाईं)लाई क्यान्सर भएपछि कृष्णकाे घरमा बज्रपात परेकाे भन्दा कम चाेट छैन। सामान्य जिवनयापन गर्दे आईरहेका पाैडेल परिवारकाे घरकाे आर्थिक अवस्था दयनीय रहेको हुनाले उपचारमा कष्टकर भएको कृष्णप्रसादले बताए।

    आफुले घरपरिवारमा दुख गरेर परिवार पालनपोषण गर्दे आईरहेकाे भएतापनि श्रीमतीलाई क्यान्सर भएपछि उनले भने परिवारकाे पालनपोषण गर्नुकि श्रीमतीकाे उपचार गर्नु भन्दै बिलाैना गरिरहेका छन। उनलेे घरपरिवार पालनपोषण गर्नुका लागि बर्षाेदेखि घरमै सानाे पसल गरेर आफ्नो दैनिकी गुजरा चलाउदै आईरहेका थिए।

    कान्छाे छाेरा ३ कक्षामा र १५ बर्षका छाेरा ८ कक्षामा दुख गरेर रंगेलीस्थित भानुमेमाेरियल बाेडिङ स्कुलमा पठनपाठन गर्दे आईरहेका छन। घरकाे अवस्था नाजुक बन्दै गएपछि शाेभाकाे उपचारमा आर्थिक अभाव समेत सृजना हुदै आईरहेकाे छ।

    अहिलेसम्म उपचारका लागि एक सहकारीबाट २ लाख र गाउँ घरबाट १ लाख ५० हजार रुपैयाँ ऋिण लिएर उपचारसमेत गराई सकेता पनि राेग भने निकाे हुन सकेको छैन। गाउँ घर, नगरपालिकाका सदस्य तथा सद्भाव बचत ऋण सहकारीलेसमेत आर्थिक सहयोग गरेकाे भएता पनि उक्त रकमबाट बिरामीको लागि केही सहज भएतापनि अहिले पुनः आर्थिक अभावले थप समस्या हुदै आएकाे कृष्णले बताए।

    अहिले अस्पतालमा दैनिकी २० हजार रुपैयाँसम्म दैनिकी बिरामीको लागि खर्च हुदै आएता पनि साे रकम कहाँबाट जाेहाे गर्ने भन्दै थप समस्यामा रहेको उनलेे बताए। उनलेे देश बिदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सहयोग गरि श्रीमतीकाे उपचारका लागि आर्थिक सहयोग समेत गरिदिन अनुरोधसमेत गरिरहेका छन। अहिले शाेभाकाे भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेकाे कृष्णले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई...

    अधिनायकवादको कुरा गर्नेहरूले इतिहास बिर्सिएजस्तो लाग्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, साउन ११ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिवेशलाई अधिनायकवादको संज्ञा दिनेलाई विगतका...

    विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

    काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल...

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...

    चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

    काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...