News Portal

माेरङकी क्यान्सर पिडित शाेभा पाैडेलको परिवारद्वारा सहयोगकाे अपिल

हिमालीसंचार संवाददाता
४७५ पटक

रबिन्द्र बराल,
मोरङ। माेरङकाे रंगेली नगरपालिका-४ स्थित आमताेलामा बर्षौदेखि बसाेवास गर्दे आईरहेका कृष्ण प्रसाद पाैडेल अहिले आफ्नो श्रीमती बिरामी भएपछि निकै चिन्तिन बनिरहेका छन।

बिगत केही महिनादेखि शाेभाकुमारी पाैडेल (चापागाईं)लाई क्यान्सर भएपछि कृष्णकाे घरमा बज्रपात परेकाे भन्दा कम चाेट छैन। सामान्य जिवनयापन गर्दे आईरहेका पाैडेल परिवारकाे घरकाे आर्थिक अवस्था दयनीय रहेको हुनाले उपचारमा कष्टकर भएको कृष्णप्रसादले बताए।

आफुले घरपरिवारमा दुख गरेर परिवार पालनपोषण गर्दे आईरहेकाे भएतापनि श्रीमतीलाई क्यान्सर भएपछि उनले भने परिवारकाे पालनपोषण गर्नुकि श्रीमतीकाे उपचार गर्नु भन्दै बिलाैना गरिरहेका छन। उनलेे घरपरिवार पालनपोषण गर्नुका लागि बर्षाेदेखि घरमै सानाे पसल गरेर आफ्नो दैनिकी गुजरा चलाउदै आईरहेका थिए।

कान्छाे छाेरा ३ कक्षामा र १५ बर्षका छाेरा ८ कक्षामा दुख गरेर रंगेलीस्थित भानुमेमाेरियल बाेडिङ स्कुलमा पठनपाठन गर्दे आईरहेका छन। घरकाे अवस्था नाजुक बन्दै गएपछि शाेभाकाे उपचारमा आर्थिक अभाव समेत सृजना हुदै आईरहेकाे छ।

अहिलेसम्म उपचारका लागि एक सहकारीबाट २ लाख र गाउँ घरबाट १ लाख ५० हजार रुपैयाँ ऋिण लिएर उपचारसमेत गराई सकेता पनि राेग भने निकाे हुन सकेको छैन। गाउँ घर, नगरपालिकाका सदस्य तथा सद्भाव बचत ऋण सहकारीलेसमेत आर्थिक सहयोग गरेकाे भएता पनि उक्त रकमबाट बिरामीको लागि केही सहज भएतापनि अहिले पुनः आर्थिक अभावले थप समस्या हुदै आएकाे कृष्णले बताए।

अहिले अस्पतालमा दैनिकी २० हजार रुपैयाँसम्म दैनिकी बिरामीको लागि खर्च हुदै आएता पनि साे रकम कहाँबाट जाेहाे गर्ने भन्दै थप समस्यामा रहेको उनलेे बताए। उनलेे देश बिदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सहयोग गरि श्रीमतीकाे उपचारका लागि आर्थिक सहयोग समेत गरिदिन अनुरोधसमेत गरिरहेका छन। अहिले शाेभाकाे भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेकाे कृष्णले बताए।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...