News Portal

डा.बाबुरामले लगाए पिताको हातबाट टीका, दिए दशैंको शुभकामना

हिमाली संचार संवाददाता
७७२ पटक

काठमाडौं -नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको तस्बिरसँगै परिवारको तस्बिर पनि सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

उनले तस्बिरसँगै पिताबाट टीका र आर्शीवाद लिएर परिवारजनसँग भेटघाट गर्न पाउँदा खुशी र गर्व अनुभूति भएको उल्लेख गरेसँगै दसैंलाई आफन्तजनसँग भेटघाट गर्ने र सुखदुःख साट्ने पर्वको रुपमा चर्चा गरेका छन् ।

अन्त्यमा उनले सबैमा सुख शान्ति र समृद्धि ल्याओस् भन्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...