News Portal

डा.बाबुरामले लगाए पिताको हातबाट टीका, दिए दशैंको शुभकामना

हिमाली संचार संवाददाता
८१८ पटक

काठमाडौं -नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले ८९ वर्षीय आफ्ना पिता भोजप्रसाद भट्टराईका हातबाट दसैंको टीका ग्रहण गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले शुक्रबार बिहान शुभसाइतमै पिताको हातबाट टीका लगाएर आर्शीवाद ग्रहण गरेको तस्बिरसँगै परिवारको तस्बिर पनि सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् ।

उनले तस्बिरसँगै पिताबाट टीका र आर्शीवाद लिएर परिवारजनसँग भेटघाट गर्न पाउँदा खुशी र गर्व अनुभूति भएको उल्लेख गरेसँगै दसैंलाई आफन्तजनसँग भेटघाट गर्ने र सुखदुःख साट्ने पर्वको रुपमा चर्चा गरेका छन् ।

अन्त्यमा उनले सबैमा सुख शान्ति र समृद्धि ल्याओस् भन्दै सम्पूर्ण नेपालीहरुलाई शुभकामना समेत दिएका छन् ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...